नेकपाका सात भाइलाई अनुशासनको डन्डा
काठमाडौं । विभिन्न सार्वजनिक माध्यमद्वारा पार्टीको नीति र नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदै आएको भन्दै सात केन्द्रीय सदस्यलाई नेकपाले स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलसमेतको उपस्थितिमा ती कमरेडहरूलाई मौखिक स्पष्टीकरण सोध्ने तयारी भइरहेको बुझिएको छ ।
सातजनालाई स्पष्टीकरण सोध्न लागेको भए पनि एकजनाको नाम भने खुल्न सकेको छैन । विश्वस्त स्रोतका अनुसार पार्टी नेताहरू भीम रावल, जनार्दन शर्मा, जगन्नाथ खतिवडा, सूर्य थापा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, मेटमणि चौधरीसहित सातजनालाई स्पष्टीकरण सोध्न लागिएको हो । चौधरीलाई यसअघि पनि लिखित स्पष्टीकरण मागिसकिएको बताइएको छ । सातैजना नेताले नेतृत्वको मानमर्दन हुनेहरू सावैजनिक सञ्चारमाध्यममार्फत अभिव्यक्ति दिएको हुनाले पार्टी अनुशासनको दायरामा ल्याउन स्पष्टीकरण सोध्न लागिएको बताइएको छ । रावलले निरन्तर राष्ट्रियताको विषय भन्दै पार्टी र सरकारको नेतृत्वको खुलेआम आलोचना गर्दै आएका छन् भने नेता शर्माले पनि संसदीय समितिभित्रै सरकारले खुलेआम आलोचना गर्ने गरेका छन् । थापा र सापकोटाबीच नेतृत्वमाथिको टिप्पणीलाई केन्द्रमा राखेर त सामाजिक सञ्जालमै दोहोरो भनाभन भएको थियो । खतिवडा र चौधरीलाई पनि पार्टी र सरकारको नेतृत्वको बदख्वाइँ गरेको आरोप छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply