टानमा किन हा¥यो नेकपा ?
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा नेपाली कांग्रेसनिकटका उम्मेदवारहरूले जितेका छन् । नेकपाको सबैतिर प्रभाव रहेको र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका ट्रेकिङ व्यवसायी संगठनहरूसमेत एक भएको अवस्थामा पनि लज्जास्पद हार हुनुलाई रहस्यमय रूपमा हेरिएको छ ।
चुनाव जित्न लाखौं खर्च हुने गरेको टान निर्वाचनमा संख्यात्मक रूपमा बलियो हुँदाहुँदै पनि अन्तरघातका कारण चुनाव हारेको चर्चा छ । यसअघि दुईपटक लगातार एमाले पक्षधरले जित्दै आएको टान कार्यसमितिमा पार्टी मिलेर एक भइसकेपछि झनै हार्नुमा अन्तरघातसिवाय अरु कारण हुन नसक्ने टे«किङ व्यवसायीहरू बताउँछन् । अन्तरघात गरिनुमा आर्थिक लाभ लिएर विपक्षमा मतदान गरेकोसमेत आरोप लागेको छ । टे«किङ क्षेत्रका हस्तीहरू निवर्तमान अध्यक्ष चन्द्र रिजाल, मदन आचार्य, मुक्ति पाण्डे, सिएन पाण्डे, पूर्ण कुँवरलगायत साँचो मनले लागेको खण्डमा नेकपा पक्षधर उम्मेदवार अन्जन थापाकै टिमले जित्ने निश्चित थियो । तर देखावटी रूपमा लागे पनि कांग्रेस उम्मेदवारका पक्षमा साँठगाँठ गरेको र फेक रेस्क्यु पक्षधरसँग मिलेर थापा समूहलाई आफ्नै पार्टीका साथीभाइले हराएको ठमेलभरि चर्चा छ । निर्विवाद र सर्वसम्मत रूपमा उम्मेदवार चयन हुँदा पनि सो असहयोगी पक्षले सुरुबाटै ‘विवादका बीच उम्मेदवार चयन गरेकाले जित्न गाह्रो भएको’ जस्ता भ्रमपूर्ण प्रचारहरू ल्याएको थियो । सो कार्यमा आफूले रोजेको पर्यटन विभाग नपाएपछि नेकपाकै केही नेता संलग्न भएको बुझिएको छ ।
शनिबार बिहान सम्पन्न मतगणनामा अधिकांश पदमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू विजयी भएका थिए । मतपरिणामअनुसार अध्यक्षमा नेपाली कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपाका अञ्जन थापा ‘कुमार’लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् । सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका हुन् । पराजित थापाले ४ सय ३८ मत मात्रै प्राप्त गरेका छन् । महासचिवमा भने नेकपाकी सरिता लामा १३ मतको झिनो मतान्तरले विजयी भएकी छन् । लामाले अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित उनीहरू सबै नेपाली कांग्रेसनिकट अर्थात सुवेदी समूहका उम्मेदवार हुन् ।
सचिवमा एकजना थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा निकटकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छन् । सदस्यमा नेकपाबाट ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसनिकटबाट सदस्यहरूमा सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । टानमा १ हजार ३ सय १९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply