ज्ञानेन्द्रका सल्लाहकार पुरस्कृत
काठमाडौं । ज्ञानेन्द्र शाहका कानुनी सल्लाहकार लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई न्यायपरिषद्को सदस्यमा सिफारिस गरेर केपी ओली नेतृत्वको वर्तमान सरकारले पुरस्कृत गरेको छ । ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महान्यायाधिवक्ता बनाइएका खड्कालाई न्यायपरिषद्मा सदस्यमा सिफारिस गरेपछि सत्तारूढ दल नेकपानिकट वकिलहरू ‘यो सरकारलाई बदनामीको भारी बोक्ने रहर कहिले पूरा हुने रहेछ ?’ भन्दै प्रश्न गर्न थालेका छन् ।
सिरहा स्थायी घर भएका खड्का विशुद्ध ‘मण्डले’ प्रवृत्तिको मान्छे भएको बताइन्छ । न्यायाधीश बन्ने आसमा पद्मप्रसाद वैदिकले राजीनामा दिएपछि रिक्त रहेको न्यायपरिषद् सदस्यमा तत्कालीन एमालेनिकट संगठन पिपिएलएका पूर्वअध्यक्ष रामप्रसाद श्रेष्ठ सिफरिस हुने अनुमान धेरैको थियो । रायमाझी आयोगमा बसेर इमानदारीपूर्वक काम गरेका र न्यायकर्मीहरूमाझ समेत स्वच्छ छवि भएका भनेर चिनिएका श्रेष्ठलाई रोक्न र खड्कालाई सिफारिस गर्न न्यायाधीश हरिकृष्ण कार्की र व्यापारी उपेन्द्र महतोको मुख्य भूमिका रहेको विश्वस्त स्रोतले बतायो । अहिले पनि पूर्वएमालेभित्र केपी ओली समूहका नेताहरूबीच नियमित सम्पर्क र सम्बन्धमा रहेका कार्की र खड्काकै गृहजिल्लामा घर भएका महतोकै डिजाइनअन्तर्गत उनी न्यायपरिषद् सदस्यमा सिफारिस भएको स्रोत बताउँछ । एनसेललगायतका करछलीका प्रकरणमा उन्मुक्ति पाउन महतोले पैसाकै जोडबलमा खड्कालाई सिफारिस गराउन सफल भएको बताइन्छ । जबकि, श्रेष्ठलाई यसअघि २०७२ सालमा फेरि बनाउने सर्तमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै न्यायपरिषद् सदस्यबाट राजीनामा गर्न लगाएका थिए । त्यसबेला उनलाई कांग्रेसनिकट वकिलहरूले समेत मतदान गरेर बारको कोटाबाट न्यायपरिषद् सदस्यमा पठाएका थिए । तर, संसदीय सुनुवाइ गर्नुपर्ने बहानामा उनको पद खोसुवा गरिएको थियो । जबकि, तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीले उनलाई राजीनमा दिनुपर्दैन, तपाईंविरुद्ध कसैले मुद्दा हाल्यो भने म आफंै बहस गर्छु समेत भनेको बताइन्छ । त्यति हुँदाहुँदै पनि पार्टीले भनिहाल्यो भनेर श्रेष्ठले राजीनामा दिएका थिए । उनीबाहेक महेश नेपाल, यसअघि बारमा पिपिएलएबाट अध्यक्षको उम्मेदवार बनेका विजयकान्त मैनाली लगायतको नाम पनि न्यायपरिषद् सदस्यको चर्चामा थियो
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply