यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !
काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै हिजो मंगलबार समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।
समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसँगै अब कानुन मन्त्रालयको जिम्मेवारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पाउने चर्चा सुरु भएको छ । तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर कानुनमन्त्री बनाउने र संसद्मा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सभामुख चयन गर्ने तयारी भइरहेको बताइन्छ । तर, मंगलबार दिउँसोसम्म पनि उपसभामुख तुम्बाहाम्फे १३ गत्तेको संसद् बैठक पनि आफैं सञ्चालन गर्ने तयारीमा जुटेकी थिइन् । स्रोतका अनुसार उनी हिजो दिउँसो पनि आगामी बैठकको तयारीका लागि महासचिवसँगको परामर्शमा व्यस्त थिइन् ।
यसअघि पनि पटकपटक समाजवादीले सरकार छाड्ने अनुमान गरिएको थियो । तर, कात्तिक २९ मा बसेको उसको संघीय परिषद्ले सरकार नछाड्ने निर्णय गरेको थियो । त्यसपछि फेरि पछिल्लो मन्त्रिमण्डल पुनर्गठनपछि पनि यहि खालको अनुमान राजनीतिक वृत्तमा छाएको थियो । मन्त्री यादव दिल्लीमै रहेका बेला यता सरकार पुनर्गठन गरेर उनलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी साटेर कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । प्रकरणलाई लिएर उनले राजीनामा दिने अनुमान गरिए पनि मन्त्री यादवले सरकार नछाड्ने बताएका थिए । तर, सोमबार मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रस्ताव टेबुल गर्न प्रधानमन्त्रीले अस्वीकार गरेपछि समाजवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । बन्द खामभित्र संविधान संशोधनसम्बन्धी प्रस्ताव छ भने पनि प्रधानमन्त्रीले त्यसलाई खोल्दै नखोली ‘स्टप इट’ भनेका थिए । त्यसपछि यादव कालो अनुहार लाएर बालुवाटारवाट बाहिरिएका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply