आमालाई बचाउन छोरीको रोदन
काठमाडौं । ‘आदरणीय साथीहरू, मेरो मम्मी रितु श्रेष्ठ, वर्ष ४०, अहिले दुवै किड्नी फेल र ब्लड पनि ड्यामेज भएर काठमाडौंस्थित केएमसी हस्पिटलमा उपचार भइरहेको छ र क्रिटिकल अवस्थामा हुनुहुन्छ । आफूसँग भएको रकम सकिएर सहयोगका लागि प्रस्ताव राखेको छु । सहयोगी मित्रहरूका लागि सम्पर्क नम्बर ९८४९५९४९९७ धेरैभन्दा धेरै सेयर गर्न हार्दिक अनुरोध गर्दछु ।’
उल्लिखित दर्दनाक र पीडादायी याचना कोटेश्वरस्थित हिमालय कलेजमा अध्ययनरत छात्रा पूजा श्रेष्ठको हो । सो कलेजकी मेधावी छात्रा पूजाले बुधबार राति साढे ११ बजे अस्पतालको बेडमा छट्पटाइरहेकी उनकी आमाको तस्बिरसहित पोस्ट गरेको यो स्टाटस स्क्रिन सर्टसहित सामाजिक सञ्जालबाट सेयर गर्नेको संख्या सयौं नाघिसकेको छ । त्यति मात्र होइन, कलेजका विद्याथीहरूले सहयोग संकलन अभियान सुरु गरिसकेका छन् । बिहीबारको प्रत्येक कक्षामा विद्यार्थीहरू गएर सो अवस्थाको जानकारीसहित आइतबार कलेज आउँदा सबैले आ–आफ्नो हैसियतअनुसार आर्थिक रकम लिएर आउने प्रतिबद्धता जनाइसकेका छन् । विद्यालयका प्रिन्सिपल रामहरि सिलवालले पनि विद्यालयका तर्फबाट सक्दो सहयोग गर्ने तथा शिक्षक र कर्मचारीहरूलाई पनि यस अभियानमा रकम संकलनका लागि आह्वान गर्ने जानकारी दिइसकेका छन् ।
आर्थिक अभावका कारण कसैले पनि उपचार हुन नसकेर मृत्युवरण गर्न नपरोस् भन्ने अभिप्रायका साथ हिमालय कलेजका विद्याथीहरूले पवित्र उद्देश्यसहित सुरु गरेको अभियानमा साथ दिन विद्यार्थीहरूले आग्रह गरेका छन् । उक्त सकारात्मक अभियानको प्रचारप्रसार गरिदिनसमेत विद्यार्थीहरूले सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । कक्षा १२ मा अध्ययनरत छात्र दिनेश शिवाकोटी भन्छन्, ‘बरु हामी केही दिन खाजा नखाएर भोकै बस्छौं तर यो मानवीय अभियानमा साथ दिन्छौं ।’ उनले विद्यालय हाताबाट बाहिर गएर भए पनि साथीको आमाको उपचारमा गम्भीरतापूर्वक लाग्ने प्रण गरे । कलेजका प्रिन्सिपल सिलवाल सो दर्दनाक स्टाटसले आफूहरू पनि गम्भीर भएको बताउँदै कलेजले सो समस्या समाधानका लागि सक्दो पहल गर्ने जानकारी दिए । सहयोगदाताहरूले सिधै मोबाइल नम्मर ९८४९५९४९९७ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply