दरबारमा लफडा
काठमाडौं । चीन सरकारले करोडौं खर्चेर निर्माण गरिदिएको दरबार हाईस्कुलको तलाको भागबन्डामा विवाद उत्पन्न भएको छ । २०७२ सालको महाभूकम्पले भत्काएको सो हाईस्कुलको निर्माण खर्च चीन सरकारले बेहोरेको थियो । सो विद्यालय भवन आगामी २०७७ वैशाख १२ गते चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्दैछ ।
भूकम्प जानुपूर्व दुई तलाको मात्र रहेको सो भवन अहिले चार तलाको बनेको छ । तर, चार तला बनेसँगै अहिले दरबार हाईस्कुल र संस्कृत माध्यमिक विद्यालयबीच तला बाँडफाँडमा विवाद उत्पन्न भएको छ । पहिला दुई तला हुँदा भुइँतलामा संस्कृत मावि र त्योभन्दा माथिल्लो तलामा दरबार हाईस्कुल सञ्चालन हुँदै आएको थियो । अहिले चार तला बनेपछि दरबार हाइस्कुलले आफूलाई अढाइ तला चाहिने जिकिर गरिरहेको छ भने संस्कृत माविले भने आफूलाई दुई तला चाहिने बताइरहेको छ । यो विवाद अहिले काठमाडौं महानगरपालिकासम्म पुगेको छ र महानगरपालिकाले कुनै निर्णय दिइसकेको छैन । काठमाडौं महानगरपालिकाको शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराईले भने यो विवाद मिल्ने अवस्थामा रहेको बताए ।
तर, दरबार हाईस्कुलले अढाइ तला पाउनुपर्ने दाबी गरे पनि विद्यार्थी भने संस्कृत माविमा बढी रहेको छ । कक्षा १ देखि १० सम्म अध्यापन हुने दरबार हाईस्कुलमा अहिले डेढ सय मात्र विद्यार्थी छन् । तर, संस्कृत माविमा भने २ सय ७५ जना विद्यार्थी अध्ययन गर्छन् । संस्कृत माविमा भने ६ देखि १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ ।
त्यसो त दरबार हाईस्कुलले संस्कृत माविलाई दिनुपर्ने रकम पनि अहिलेसम्म दिएको छैन । भूकम्पले क्षति पु¥याएपछि चीन सरकारले सो भवन निर्माण गरिदिने भएपछि त्यसका भौतिक सामानहरू बेचिएको थियो । दरबार हाइस्कुलका तत्कालीन प्रधानाध्यापक हेमचन्द्र महतोले केही व्यापारीहरूसँग मिलेर संस्कृत माविका प्रधानाध्यापकलाई थाहै नदिई सो स्कुलका भौतिक सम्पत्ति बेचेका थिए । भौतिक सम्पत्ति करोडौं रुपैयाँमा बेचे पनि अहिलेसम्म संस्कृत माविलाई भने एक पैसा पनि दिइएको छैन । संस्कृत माविले पैसाका लागि ताकेता गरिरहे पनि त्यससम्बन्धी काम अघि बढेको छैन ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply