कुन पार्टीमा जालिन् शिवमाया ?
काठमाडौं । कुनै हालतमा राजीनामा नदिने अडानमा रहेकी तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पार्टी केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील हुने इच्छा व्यक्त गरेकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन लागिएको भन्दै तुम्बाहाम्फेले आफूले गल्ती गरेको लिखित कारण पार्टीले दिनुपर्ने सर्त राखेकी थिइन् । सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि राजीनामा दिन पार्टी सचिवालयले दिएको निर्देशन अवज्ञा गर्दै उनले आफूलाई पार्टीको निर्देशन नलाग्ने बताएकी थिइन् । त्यति मात्र होइन, आफू पार्टी सदस्य नभएकाले पार्टीको निर्णय नमान्ने बताएर चुनौती दिएकी थिइन् । तर, त्यस्तो अडानमा रहेकी तुम्बाहम्फेले एक हप्ताकै बीचमा पुनः पार्टी राजीतिमा क्रियाशील हुने इच्छा जाहेर गर्नुलाई आश्चर्यका रूपमा हेरिएको छ ।
स्रोतका अनुसार राजीनामालगत्तै आफूलाई रिक्त केन्द्रीय सदस्य बनाउन माग गर्दै तुम्बाहाम्फेले पार्टी नेताहरूको निवासमा धाउन थालेकी छन् । उपसभामुख हुनुअघि तुम्बाहाम्फे तत्कालीन एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज थिइन् । अहिले उनले त्यही पुरानो भूमिकमा माग गरेकी छन् । तर, पार्टी निर्णयलाई नै चुनौती दिएकी तुम्बाहाम्फेलाई जिम्मेवारी दिने कि नदिने विषयमा मतैक्य नरहेको बुझिएको छ । चालू केन्द्रीय कमिटी बैठकबाटै सभामुख अग्नि सापकोटाले राजीनामा दिएपछिको रिक्त स्थानमा मनोनीतका लागि दौडधुपमा रहेकी तुम्बाहाम्फेले निकट भविष्यमै मन्त्रीसमेत बन्ने अपेक्षा राखेको बताइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply