सचिव र सहसचिवको दौडधुप तीव्र
काठमाडौं । नेपाल सरकारका आधा दर्जन सचिवहरू केही दिनबाट सेवा निवृत्त हुँदैछन् । त्यसपछि रिक्त हुने सचिव पदमा बाजी मार्न दर्जनौं वरिष्ठ सहसचिवहरू खुटा उचाल्न थालेका छन् । त्यतिमात्र होइन, अबको केही दिनबाट गृहलगायतको महŒवपूर्ण मन्त्रालयमा समेत सचिव रिक्त हुने भएपछि सो जिम्मेवारी सम्हाल्न अहिल्यैबाट सचिवहरूबीच नै हानथाप चल्न थालेको छ । माघ २२ मा गृहसचिव प्रेमकुमार राई अवकाश भएपछि गृहसचिव हुन सचिवहरूको चर्को दौड सुरु भएको हो ।
मन्त्रालयकअन्तर्गतको शान्ति सुरक्षा महाशाखामार्फत देशैभरिका प्रहरी, सशस्त्र प्रहरी बल र सीडीओहरूको सरुवा बढुवा तथा खटनपटन गर्ने पद भएकाले सो जिम्मेवारीलाई अत्यन्तै आकर्षक मानिन्छ । गृह मन्त्रालयको सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका यादव कोइराला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका केदारबहादुर अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, अख्तियारका सचिव महेश्वर न्यौपानेलगायत लागिरहेको बताइन्छ । यसैगरी १ नम्बर प्रदेशका सुरेश अधिकारी र २ नम्बर प्रदेशका प्रमुख रामकृष्ण सुवेदी पनि गृहसचिवको दाबीमा छन् । सुवेदी सहसचिव हुँदा गृहकै शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ता तथा त्यसअघि काठमाडौंका सिडिओ थिए । तर, अख्तियारका सचिव न्यौपानेसँग भने यसअघि सहसचिव वा अन्य भूमिकामा एकपटक पनि गृहमा बसेको अनुभव छैन ।
गृहसचिव राईसँगै अर्थ सचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर पनि अवकाश हुँदै छन् । अवकाश हुने भएपछि रिक्त पदमा बढुवा हुने र सोझै गृह मन्त्रालयको सचिव हुने दाउमा कलकत्ताका महावाणिज्यदूत एकनारायण अर्याल, रामशरण पुडासैनी, गृहप्रवक्ता केदारनाथ शर्मालगायत छन् । गृहसचिवमा प्रायः सचिव प्रमुख जिल्ला अधिकारीको अनुभव भएकालाई लाने गरिएको छ । हालका सचिवहरूमध्येमा अख्तियारका न्यौपाने, पर्यटनका अधिकारी, संघीय मामिलाका कोइराला, १ नम्बर प्रदेशका सुरेश अधिकारी, २ नम्बरका सुवेदी, काठमाडौं महानगरपालिकाका न्यौपानेसँग गृह प्रशासनको अनुभव छ
त्यसो त केही महिनाअघि मात्र निजामती सेवामा रहेका ३७ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस थिए । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिवहरूको नाम सिफारिस गरेको हो । बढुवा हुनेहरूमा पहिलो नम्बरमा उपेन्द्र कुमार खनाल रहेका छन् ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply