सिटिजन्स बैंक कारबाहीमा
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम नमानेपछि मुलुकको वाणिज्य बैंकहरूमध्येका एक अब्बल बैंक सिटिजन इन्टरनेसनल बैंक लिमिटेड कारबाहीमा परेको छ । सो बैंकलाई नेपाल राष्ट्र बैंकले जरिवानासहित कारबाही गरेको हो । सुरुआत कालमा त्यस बैंकको सिइओ राजनसिंह भण्डारी रहेका थिए भने पछि उनै भण्डारी बैंकको अध्यक्ष बने । सो बैंकलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै कारबाही गरिएको बताइएको छ ।
राष्ट्र बैंकले सो बैंकलाई २० लाख रुपैयाँ तिराइएको उल्लेख गरेको छ । बैंकले यो निर्देशनको उल्लंघन पहिलोपटक गरेको जनाइएको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित व्यवस्था उल्लंघन गर्दा ५ लाखदेखि १० करोडसम्म जरिवाना हुन्छ । पहिलोपटक भएकाले उसको गल्तीको मात्रा अनुसार २० लाख तिराइएको राष्ट्र बैंकका एक अधिकारीले बताए । कर्जा–स्रोत परिचालन अनुपात कायम गर्न नसकेको भन्दै सिभिल बैंक पनि कारबाहीमा परेको छ । यस्तै सेन्चुरी बैंक पनि कर्जा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै कारबाहीमा परेको छ । बैंकले ७ लाख १९ हजार ७ सय ६० रुपैयाँ जरिवाना तिरेको छ । यो पहिलो कारबाही थियो । यता सेन्चुरी बैंक भने दोस्रोपटक पनि यही शीर्षकमा कारबाहीमा परेको बताइन्छ ।
यसैगरी प्राथमिकता प्राप्त क्षेत्र कर्जामा तोकिएको सीमाअनुसार ऋण नदिएको भन्दै नेपाल बंगलादेश बैंक पनि कारबाहीमा परेको छ ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात र विपन्न वर्ग क्षेत्र कर्जा नपु¥याउनेहरुलाई पनि कारबाही गर्छ । यसमा भने कुनै पनि बैंक कारबाहीमा परेका छैनन् ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply