आफ्नालाई च्याप्दा विभाग नै रित्तो
काठमाडांै । नेताहरूबीच आफूनिकटका कर्मचारीहरूलाई च्याप्ने होडबाजी चल्दा काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख दुई महिनादेखि खाली रहेको छ । अहिलेसम्म १० जना कर्मचारीले सहमतिका लागि पत्र लिए पनि कसैको पनि नियुक्ति हुन सकेको छैन ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख निर्मला केसीले गएको मंसिर २५ गते अनिवार्य अवकाश पाएपछि सो पद रिक्त रहँदै आएको हो । सो पद रिक्त रहेपछि नियुक्ति पाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिवदेखि माथिल्लो तहका नेताहरू निकटका कर्मचारीहरूले समेत लबिइङ गरिरहेका छन् । नेताहरूकै दबाबका कारण महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, प्रमुख प्रशासनिक अधिकृत केदार न्यौपानेले अहिलेसम्म १० जना उपसचिव स्तरका कर्मचारीलाई सहमतिपत्र दिएका छन् । तर, कसैले पनि सहमति लिइसकेका छैनन् । महानगरपालिबाट सहमतिपत्र लिएका ती कर्मचारीहरूमध्ये एकजनालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान रहेको छ ।
विभागको प्रमुखका लागि सहमति लिन मन्त्री पोखरेलका स्वकीय सचिव पुष्प ढकालले पनि दौडधुप गरिरहेका छन् । उनले पहिला भरतपुर महानगरपालिका र गोदावरी नगरपालिकाको शिक्षा विभागको प्रमुख बन्न प्रयत्न गरेका थिए । ती दुवै तहको शिक्षा शाखाका प्रमुख खाली रहेको हुँदा उनले प्रयत्न गरेका थिए । तर, ती दुवै तहमा उनको नियुक्ति नभएपछि अहिले काठमाडौं महानगरपालिकाका लागि सहमतिपत्र लिएका छन् । सो विभागको प्रमुख बन्न गोविन्दप्रसाद शर्मा, बौद्धराज निरौलालगायत १० जनाले सहमतिपत्र लिएर नेताहरूको दैलो चहारिरहेको बुझिएको छ ।
महानगरपालिकाको शिक्षा विभाग प्रमुख बनाउन नेताहरूले आफूनिकटका कर्मचारीहरूलाई काखी च्यापेपछि र कसैको पनि नियुक्ति नभएपछि दुई महिनादेखि सो विभागको काम ठप्प हुन पुगेको छ । एकजना उपसचिव स्तरका कर्मचारीलाई निमित्त दिए पनि प्रभावकारी रूपमा काम हुन सकेको छैन । साथै, महानगरपालिकाका मेयरले एकजनालाई, उपमेयरले अर्कोलाई र प्रमुख प्रशासनिक अधिकृतले अर्कोलाई सहमति–पत्र दिँदा त्यसले भाँडभैलो निम्तिन पुगेको समेत बुझिएको छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply