विशेष अभियानको दौडाहामा शीर्ष नेता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सुरु गरेको छ । गत फागुन ४ देखि आगामी २१ सम्म विशेष अभियान सञ्चालनको तयारी भेलामा सातवटै प्रदेशमा शीर्ष नेताहरू सहभागी हु“दैछन् । प्रदेश ५ को नेपालगन्जमा सम्पन्न प्रदेश भेलालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले सम्बोधन गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा मंगलबार सम्पन्न भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गरेका छन् । त्यस्तै, प्रदेश २ मा ९ फागुनमा कार्यकता भेला तथा १० फागुनमा बैठक हुनेछ । त्यसमा दुवै अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य ईश्वर पोखरेलले प्रशिक्षण दिनेछन् ।
यस्तै, १२ फागुनमा गण्डकी प्रदेशमा कार्यकर्ता भेला आयोजना गरिने भएको छ भने १३ फागुनमा बैठक बस्नेछ । दुवै अध्यक्षसहित गण्डकी प्रदेशमा वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिनेछन् । त्यसपछि वाग्मती प्रदेशमा १५ फागुनमा कार्यकर्ता भेला र १६ फागुनमा बैठक बस्नेछ । भेलालाई दुवै अध्यक्षसहित वरिष्ठ नेता नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताएका छन् । सुदूरपश्चिम प्रदेशमा १८ फागुनमा कार्यकर्ता भेला र १९ फागुनमा बैठक बस्ने तय गरिएको छ । भेलामा दुवै अध्यक्षसहित उपाध्यक्ष वामदेव गौतमले प्रशिक्षण दिनेछन् ।
नेकपाले कार्यकर्ता भेला, बैठक र प्रशिक्षण कार्यसूचीको अन्तिममा प्रदेश १ लाई राखेको छ । जसअनुसार प्रदेश १ मा कार्यकर्ता भेला २० फागुनमा हुनेछ भने बैठक २१ फागुनमा बस्नेछ । यस प्रदेशमा दुवै अध्यक्षसहित सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले प्रशिक्षण दिनेछन् । खासगरी पाँच महिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले अभियानको निर्णय गरेको थियो ।
‘समृद्ध नेपाल सुखी नेपालीको आधार ः सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार’ भन्ने मूल नाराका साथ सुरु हुने अभियानको पहिलो महिना फागुनलाई तयारी र असारदेखि साउनसम्मलाई समीक्षामा केन्द्रित हुनेगरी नेकपाले योजना बनाएको छ ।
चैत र वैशाखभरि साबिक एमाले र माओवादी केन्द्र दुवैतर्फका संगठित सदस्यहरूको अभिलेखीकरण सम्पन्न गरी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, जेठमा घरदैलो, टोलभेला, टोलसभा, जन¥याली र सबै स्थानीय तहमा नगरपालिका र गाउ“पालिकास्तरीय आमसभाहरू सम्पन्न गर्ने, पार्टीका जनप्रतिनिधिहरूसँग प्रदेश र स्थानीय तहहरूमा अन्तक्र्रिया गर्ने, सरकारस“गको सम्बन्ध विस्तार गर्ने, सरकारका सकारात्मक कामको प्रचार गर्नेलगायत विषय पनि अभियानमा समेटिएका छन् ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply