प्रभु साहलाई कारबाहीको डन्डा
काठमाडौं । नेकपाभित्र अनुशासनहीनताले सीमा नाघेपछि पार्टीको केन्द्रीय सचिवालय (हाइकमान्ड) ले त्यस्ता नेता–कार्यकर्तामाथि कारबाही सुरु गरेको छ । त्यसै पनि पार्टीको कमजोर ‘पोजिसन’ रहेको प्रदेश २ कै अध्यक्ष प्रभु साह भने उच्छृंखल गतिविधि गर्दै शीर्ष नेताहरूबिरुद्ध उत्रिन थालेपछि सचिवालयले कारबाही गर्ने निर्णय गरेको हो ।
नेकपाको गत शनिवार सम्पन्न केन्द्रीय सचिवालय बैठकले साहमाथि गम्भीर अनुशासन उल्लंघन गरेको अभियोगमा स्पष्टीकरण सोधेको छ । साहले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाएको भन्दै सचिवालयका तर्फबाट महासचिव विष्णु पौडेलले स्पष्टीकरण सोधेका हुन् ।
‘तपाईंले पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालका विरुद्धमा सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? तपाईंलाई पार्टीले किन कारबाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णयअनुसार तपाईंलाई स्पष्टीकरण सोधिएको छ,’ पौडेलको स्पष्टीकरण पत्रमा भनिएको छ ।
साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाललाई उन्मुक्ति दिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका थिए । त्यही विषयमा सचिवालयले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
‘कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ । तर, ललिता निवास प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ । प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष यो कहाँको न्याय हो ? यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन,’ साहले सामाजिक सञ्जालमा लेखेका थिए । साहकै कारण प्रदेश २ को पार्टीभित्र लामो समयदेखि देखिँदै आएको विवाद समाधान हुन नसकेपछि नेतृत्व निकै गम्भीर भएको बुझिएको छ । गल्ती स्वीकार गरेर लिखित रूपमा माफी नमागे उनीमाथि निलम्बनसम्मको थप कारबाही हुन सक्ने सचिवालयकै एक नेताले बताए ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply