मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले
काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविश्वसनीय सुविधा दिँदै आएको बैंकको व्यक्तिगत मुद्दती खातामा ग्राहकका लागि तीन विभिन्न अतुलनीय बिमा सुविधा दिएको छ । जसले परम्परागत रूपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।
बैंकले ग्राहकहरूको सुविधाका लागि न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खातामार्फत जीवनमा आइपर्न सक्ने अकल्पनीय जोखिमको भर्पाई गर्न २१ लाख रुपैयाँसम्मको चामत्कारिक बिमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भए १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगका लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधोपचार बिमा सुविधा पाउन सक्नेछन् । ग्राहकहरूले बहिरंग उपचार गर्नुपरे २० हजार रुपैयाँसम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेस्ट, औषधिलगायत काममा खर्च गर्न सक्नेछन् भने ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आए बैंकले ८० हजार रुपैयाँसम्म बिमाबाटै खर्च गर्न सकिनेछ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बिमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । २१ लाखसम्मको बिमा सर्वसाधारण आफैंले गर्नुपरे करिब १४ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने हुन्छ । तर, यस न्यु सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बिमा सुविधाबापत लाग्ने बिमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरेअनुरूप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन् । न्यूनतम १ लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रुपैयाँसम्म बिमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भए वा पूर्ण रूपमा अशक्त भए १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगका लागि २ लाख रुपैयाँसम्म र ५० हजार रुपैयाँसम्मको औषधोपचार बिमा सुविधा पाउनेछन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply