नेताको दैलो चहार्दाचाहर्दै थचक्क
काठमाडौं । एसएसपीबाट डीआईजीमा बढुवा हुँदा एक्लै बढुवा गराउन सफल भएर आफूलाई भावी आईजीका रूपमा प्रस्तुत गर्दै हिँडेका विश्वराज पोखरेल अन्तत थचक्क बसेका छन् । हाल महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत उनी नेताहरूलाई मिलाएर आईजी हुने दौडधुपमा थिए । आफूलाई ईश्वर पोखरेलको भतिजा साइनो लगाएर विभिन्न नेताहरूको घरदैलोमा पुगेर दौढधुप गरेका उनी अन्नत योजना सफल पार्न नसकेपछि रन्थनिएका छन् ।
डीआईजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि प्रहरीमा रिक्त भएको एक डीआईजी पदमा पोखरेलको बढुवा भएको थियो । त्यतिबेला उनलाई ईश्वर पोखरेलको शक्ति प्रयोग गरेर एकल बढुवा भएको र भविष्यमा आईजीको लागि बाटो फराकिलो पारेको आरोप लागेको थियो । त्यो बेला बढुवा सिफारिस समितिले वीरेन्द्र श्रेष्ठलाई बढुवामा छुटाएको भन्दै संगठनमा आलोचना भएको थियो ।
यता शैलेश थापा क्षेत्री र हरि पालको स्वस्थ प्रतिस्पर्धामा थापा आईजी भएपछि उनले रिक्त पदहरूमा बढुवाका लागि तीव्रता दिएका छन् । मन्त्रिपरिषद्ले तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरि पाललाई बढुवा गरेको थियो । बढुवा भएकामध्ये लम्साल गत असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि दुई एआईजी क्षत्री र पालबीच आईजीका लागि प्रतिस्पर्धा भएको थियो । तीन एआईजीको सिफारिसका लागि लम्साल, क्षत्री र पालसँगै प्रद्युम्न कार्की, निरज शाही, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए । तर, बढुवा समितिले अहिले डीआईजीको वरियतामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेकैलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । यसपछि पोखरेल ‘हिस्स बुढी खिस्स दाँत’ भनेझैं परेका थिए । गत माघ २८ देखि प्रहरीमा एआईजी पद रिक्त थियो ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका डीआईजीलाई प्रहरी एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गत असार ३१ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सोमबारको मन्त्रीपरिषद बैठकले सोही सिफारिसलाई सदर गर्दै नवनियुक्त दुवै एआईजीको पदस्थापनसमेत गरेको छ । तत्कालीन एआईजी तारिणीप्रसाद लम्सालले अवकाश पाएपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगन्जको रिक्त कार्यकारी निर्देशकमा एआईजी प्रद्युम्नकुमार कार्कीको पदस्थापन भएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागको प्रमुखमा एआईजी निरजबहादुर शाहीको पदस्थापन भएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ । एआईजी शाही र कार्की नेपाल प्रहरीमा व्यावसायिक र इमानदार अधिकृतका रूपमा परिचित छन् ।
डीआईजी पोखरेल प्रहरी वृत्तमा चर्चाका लागि स्टन्टबाजी गर्ने अधिकृतका रूपमा चिनिन्छन् । उनले कोरोनाको प्रकोप भन्दा केही अघि मेस चलाउने लगायतका अव्यावहारिक तर चर्चा बटुल्ने काम गरेर प्रचारमा ल्याएका थिए ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply