कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
समझदारीपत्रमा दुवै नगरका सरकारबीच आपसी भ्रमणलाई सक्रिय रूपमा वृद्धि गर्नुका साथै अर्थ व्यवस्था, व्यापार, विज्ञान र प्रविधि, संस्कृति, पर्यटन, शिक्षा र साझा चासोका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ बनाउँदै लाने उल्लेख छ । सम्झौता अवधि पाँच वर्षका लागि भए पनि त्यसलाई निरन्तरता दिन चाहे नवीकरण गर्न सकिने भनिएको छ ।
हस्ताक्षर समारोहमा नेपालतर्फ प्रतिनिधिसभा सदस्य गणेश पहाडी, वाग्मती प्रदेशका सांसद विनोद खड्का, नेकपा केन्द्रीय सदस्य मनोजजंग थापा, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, कमलामाईकी उपप्रमुख मञ्जु देवकोटा, नेपाली कांग्रेसका सिन्धुली सभापति उज्ज्वल बराललगायतको उपस्थिति थियो । चीनतर्फ चिनियाँ कम्युनिस्ट पार्टी मेसान सिटीका उपसचिव ह्युयाङ जिन्दोङलगायत अधिकारीहरूको सहभागिता थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply