प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास
काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको छ । टेकुस्थित साँघुरो हलमाकरिब ३ सय पत्रकारलाई भेलापारेर भौतिक दूरीको समेत बेवास्तागर्दै अभियुक्त सार्वजनिक गरेको फोटोले धेरैको आङ नै सिरिङ्ङपारिदिएको छ । उक्तफोटोलाई अहिले धेरैले सामाजिक सञ्जालमाभाइरल पार्दै आलोचना गरेका छन् ।
काठमाडौंमाएकाधव्यक्तिलाई कोरोनापोजेटिभ हुँदा सडकमा सनासो लिएर बस्ने प्रहरीले अहिले आफ्नै कार्यालयमा यसरी भीड जम्मा गरेर पत्रकार सम्मेलनगर्नुलाई अनौठो मानेका छन् । त्यतिबेला पछाडिबाट बटुवालाई क¥याप्पपार्ने प्रहरीहरुले सामान्य घटनामा केके न गरे झैं यसरी महोत्सवको शैलीमापत्रकार जम्मागर्नुको सट्टा भर्चुअलविधिवा प्रेस विज्ञप्तिमार्फत घटना विवरण सार्वजनिकगरिदिएको भएराम्रो हुने धेरैको टिप्पणी छ । महानगरीय प्रहरी परिसर टेकुमामंगलबार आयोजितपत्रकार सम्मेलनमार्फत सार्वजनिकगरिएको विवरणअनुसार टोखानगरपालिका–१० गोंगबु नवज्योतिमार्गमाआइतबार बिहान सुटकेसभित्र टाउकोबिनाको शव फेला परेको थियो । तालिमप्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजीगर्ने क्रममा सोही ठाउँस्थित ३ सय मिटर टाढा टाउको र खुट्टापोको पारी फालेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानगर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जिल्लाप्रहरी कार्यालय चितवनको समन्वयमाउक्त घटनामा संलग्नकल्पनालाई चितवनकालिकानगरपालिका–९ शक्तिखोरस्थित माइतीघरबाट पक्राउ गरेको हो ।
घटनास्थलबाट धारिलो हतियार, ह्याम्मर, पन्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेसको ह्यान्डल, डोरी, मृतकका कपडाहरू, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल सेटहरु प्रहरीले बरामद गरेको छ । प्रहरीको यो घटनालाई धेरैले स्टन्टबाजीका रूपमालिएका छन् । काठमाडौंका हरेक टोलमा संक्रमण फैलिएर दिनहुँप्रहरीकै उपस्थितिमासिलगरिरहँदाप्रहरीको यो खालको प्रचारको हर्कतले कोरोनाको जोनकारूपमा काठमाडौंलाई झन् फैलाउने पो हो किभन्ने अशंका बढाएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply