पहिला सही, पछि च्यातचुत
काठमाडौं । खाली कागजमा हस्ताक्षर गराएर कर्मचारीहरूलाई थर्काउने प्रयास व्यर्थै भएको छ । तलब वृद्धिको माग राखी आन्दोलनसँगसँगै काममा खटिइरहेका निजामती अस्पताल (सिभिल हस्पिटल) का करार, ज्यालादारी र अंशकालीन कर्मचारीहरूलाई खाली कागजमा हस्ताक्षर गराएर तर्साउने कार्य भए पनि त्यो असफल देखिएको छ ।
केही दिनयता सिभिल हस्पिटलका कर्मचारीहरू आन्दोलित छन् । उनीहरूले न्यून वेतन पाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका छन् । कामसँगसँगै आन्दोलन गरिरहेका उनीहरूका माग अहिलेसम्म पनि पूरा हुन सकेको छैन । करारका कर्मचारीहरूले न्यून वेतन १३ हजार ५ सयभन्दा कम तलबमा काम गर्दै आएका छन् । आफूहरूलाई व्यवस्थापनले शोषण गरेको ठहर गर्दै उनीहरूले आन्दोलनको बाटो अपनाएका हुन् ।
तर, आन्दोलनमा उत्रिएका कर्मचारीहरूलाई व्यवस्थापन पक्षले धम्काउने, थर्काउने काम बन्द गरेका छैनन् । केही दिनअघि सो अस्पतालका नर्सिङ सुपरभाइजर यमुना पौडेलले करारमा रहेका ५१ कर्मचारीहरूलाई खाली कागजमा हस्ताक्षर गराएकी थिइन् । ती कर्मचारीहरूलाई आन्तरिक रूपमा नियुक्त गर्ने भन्दै खाली कागजमा हस्ताक्षर गराइएको थियो । सो कार्यमा अस्पतालका कार्यकारी निर्देशक दीर्घराज आरसीको पनि समर्थन रहेको बुझिएको छ ।
तर, आन्दोलित कर्मचारीहरूलाई खाली कागजमा हस्ताक्षर गराएपछि पौडेलले ती कर्मचारीहरूलाई जागिरबाट निकालिदिने धम्की दिएकी थिइन् । खाली कागजमा हस्ताक्षर गरिएको हुँदा कुनै पनि समय निकाल्न सकिने धम्की उनले दिएकी बुझिएको छ । तर, पौडेल र कार्यकारी निर्देशक आरसीको नियत गलत देखिएपछि कर्मचारीहरूले झनै आन्दोलन चर्काउने छनक देखाए । त्यसपछि कर्मचारीहरू झनै आन्दोलित हुने देखेपछि पौडेलले कर्मचारीहरूलाई हस्ताक्षर गराएको कागज च्यातेकी थिइन् ।
सो अस्पतालमा करारका कर्मचारीहरूको बाहुल्य छ । करारमा २ सय ७० जनाले काम गरिरहेका छन् । त्यस्तै ज्यालादारीमा ८१ जनाले काम गरिरहेका छन् । अंशकालीन कर्मचारीहरू पनि ८० जना छन् । तर, स्थायी रूपमा भने ४६ जना मात्रै कार्यरत छन् । करारका कर्मचारीहरूले तलब वृद्धिको माग राख्नुका साथै आफूहरूलाई एकपटकका लागि आन्तरिक स्थायीको मौका परीक्षामा सामेल गर्नुपर्ने मागसमेत राखेका छन् ।
करारका कर्मचारीहरूले केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । यसबाहेक कर्मचारीहरूले श्रमशोषण भएको, बेरुजु शून्य आएको, विनियमावली गायब बनाइएको, करारका कर्मचारीलाई सधैं करारमा राख्ने खेल खेलेको, न्यूनतम तलब नदिइएको, ग्रेड नदिइएको, बढुवाको टुंगो नभएको लगायत गुनासो मन्त्रीसामु राखेका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply