विधिको कुरा गर्दा किन आङ सिरिङ्ङ ?

नेकपामा विधि र पद्धतिको पक्ष–विपक्षमा बहस भइरहँदा अझै भनौं भने कोही कसैको वा केहीको हुकुम प्रमांगीका आधारमा चल्ने कि लोकतान्त्रिक परिपाटीअनुसार हुने पार्टीगत निर्णयको आधारमा चल्ने भन्ने विषयमा बहस हुँदै गर्दा विधि पद्धतिको पक्षको नेतृत्वकर्ता नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै उहाँको कुरा त ठीकै हो । तर, विषयका आधारमा बनेको समूहतर्फ इंगित गर्दै त्यता किन ? योसँग किन नमिलेको अनि ऊसँग किन मिलेको ? भन्ने आशयका भनाइहरू सार्वजनिक केही निश्चित तरिकाका मानिसहरूबाट भइरह्यो । अक्सर माधव नेपालको विरोध गर्नुलाई नै बहादुरी ठान्ने केहीले सदाझैं विधि र पद्धतिप्रतिको उहाँको निरन्तरको आशक्तिलाइ पद प्राप्तिको लडाइँका रूपमा चित्रित गर्ने निरर्थक कोसिस गरि नै रहे ।
यद्यपि अनेकन् आरोप र अफवाहको बाबजुद नेपालको कम्युनिस्ट पार्टीको इतिहास बुझेका माधव नेपालले आफ्नो नेतृत्वकालमा हरेक महŒवपूर्ण निर्णय पार्टी बैठकमार्फत गर्ने गरेको देखेका नेकपाका निष्ठावान् कार्यकर्ताहरूले माधव नेपालको लडाइँ पद प्राप्तिको चाहनाबाट निर्देशित नभई विधि र पद्धतिकै खातिर हो भन्ने बुझेकै थिए । नेकपाको पछिल्लो विकासक्रमले त माधव नेपालको आशक्ति कुनै कथित समूह, वा गठबन्धनको पक्षमा थिएन, उहाँको अडान कोही कसैका विरुद्ध वा कोहीकसैको पक्षमा पनि थिएन अनि झन् कुनै पदका लागि त थिँदै थिएन भन्ने प्रस्ट भएको छ । समयले प्रमाणित गरेको छ कि माधव नेपालको चासो र चिन्ता भनेको बहुदलीय व्यवस्थासहितको लोकतान्त्रिक गणतन्त्र नेपालमा सत्ता सञ्चालनदेखि अन्तर पार्टीका महŒवपूर्ण कामहरू गर्दा पार्टीको वैठकहरूमा हुने छलफल र त्यसका आधारमा लोकतान्त्रिक विधिबाट हुने निर्णय मात्रै निर्णायक हुनुपर्छ भन्ने मात्र हो ।
सम्बन्धित समाचार
- अर्बपति सांसदले पनि छाडेनन् घरमर्मत खर्च
- क–कसले लेख्दैछन् प्रतिबद्धतापत्र ?
-
कोभिड महामारीकै बीच टेलिकमले कमायो ९ अर्ब ७४ करोड
-
कांग्रेसको दहीच्युरे पारा
-
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा
- बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
-
सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न
- पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
-
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
- नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
- अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
-
मेगाले ल्यायो मेगा अभिभावक बचत खाता
Leave a Reply