‘समस्या पहिचान भए समाधान भेटिन्छ’
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहीन रूपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताएका छन् । आव ०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले समस्याको सही रूपमा उजागर हुन नसके समाधान पनि नहुने बताएका हुन् । भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको बताए ।
मन्त्री नेम्वाङले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दे जिम्मेवार निकायमा रहने अधिकारीमा पनि त्यहीअनुसार जिम्मेवारी र लगनशीलतामा परिवर्तन आउनुपर्ने उल्लेख गरे । उनले भने, ‘परिवर्तित अवस्थामा सबै कुरालाई परिवर्तन गरेर जाँदा आशातीत प्रतिफल प्राप्त हुन्छ ।’ राज्य र जनताका अपेक्षा असाध्यै धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाहरूले स्वमूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
तुलनात्मक रूपमा गत वर्षको भन्दा राम्रो प्रगति देखिए पनि सन्तोष हुन सकिने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री नेम्वाङले मातहतका निकायलाई गम्भीर समीक्षा गर्न निर्देशन दिए । उनले भने, ‘धेरै गर्न सकिन्छ । त्यसका लागि मिहीन रूपमा समीक्षा गरिनुपर्छ । समस्या केके छन् व्यवस्थापन गर्नुपर्छ ।’ समयअनुसार विकासको माग र मोडेल फरक हुने चर्चा गर्दै उनले भने, ‘हिजो एउटा कालोपत्रे थियो, आज छ लेनको बाटोको माग हुन थालेको छ । हिजो पहाडैपहाड, डाँडामाथि चढ्ने र ओरालो झर्ने बाटो थियो, आज सुरुङको आवश्यकता भएको छ ।’
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply