मेगाले ल्यायो मेगा अभिभावक बचत खाता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो ।
न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ । मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
-
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा
- बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
-
सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न
- पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
-
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
- नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
- अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
-
‘समस्या पहिचान भए समाधान भेटिन्छ’
-
जोखिमकै बीच विद्यालय खुल्दै
-
विधिको कुरा गर्दा किन आङ सिरिङ्ङ ?
- जेलमा अझै जंगी शासन
- आफ्नालाई च्याप्दा विभाग नै रित्तो
Leave a Reply