के हो महालक्ष्मी विकास बैंकको ७ करोड घोटाला काण्ड ?
काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पाल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सीआईबीका डीआईजी सहकुल थापाले जानकारी दिए । उनका अनुसार ज्ञवाली सुन जाँचकी हुन् । उनी मुख्य व्यक्ति हुन् । उनीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको बताइएको छ ।
ब्युरोले यस घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ । तीनजना तत्कालीन शाखा प्रबन्धकसहित सातजना पक्राउ परेका छन् । बैंकका कर्मचारीकै मिलेमतोमा ५ हजार २ सय २८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । रकम बराबरको कर्जाका लागि १७ हजार ५ सय ग्राम सुन धितो राख्नु आवश्यक थियो । तर गलत कागजात बनाएर धितोभन्दा बढी ऋण दिएर बैंक डुबाउने खेल भएको थियो ।
अहिलेसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक स्मृति राना, चन्द्रगिरि–११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर–११ बस्ने ३७ वर्षीय अनिशसिंह सिँजापति छन् । खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो । उनीहरू दुवैजना ललितपुरका सुन व्यवसायी हुन् । उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए । उनी ललितपुर–१४ विशालचोकका हुन् । राईद्वयले २०७४ सालयता पटकपटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएका थिए । बैंकलाई ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयाँ रकम नतिरी हानिनोक्सानी पु¥याई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उनीहरू भागिरहेका थिए । बैंकिङ कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा शाखाका शाखा प्रबन्धक र पूर्वशाखा प्रबन्धकहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसुर मुद्दा शीर्षकमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको भए पनि यसमा पूर्व सञ्चालकहरूको समेत मिलेमतो रहेको सीआईबी स्रोतले जानकारी दिएको छ । सो बैंकको अध्यक्ष राजेश उपाध्याय छन् भने सञ्चालक सदस्य सञ्जय गिरी, राजेशकुमार रौनियार, रुपेन्द्र पौडेल, श्यामसुन्दर रुङ्टा र राहुल अग्रवाल छन् ।
बैंकको व्यवस्थापन टिममा सागर शर्मा निमित्त सीईओ तथा ध्रुवराज तिवारी र दीपेश लम्साल डीजीएम रहेका छन् । सुरुमा महालक्ष्मी फाइनान्स लिमिटेडका रूपमा मकवानपुरको हेटौंडामा दर्ता भएको सो फाइनान्स पुतलीसडक काठमाडौंबाट सञ्चालित थियो । पछि विभिन्न्न बैंक तथा वित्तीय संस्था गाभिएर विकास बैंक बनेको थियो ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply