पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
काठमाडौं । मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा कम्बल वितरण गरिएको छ । पुस १० गते पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–४, ५ र ७ का बिपन्न दलित परिवारलाई कार्यक्रम आयोजना गरि कम्बल वितरण गरिएको थियो ।
यसैगरी शान्ति समाज सिरहा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा मंसिर २७ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ का विपन्न दलित परिवारलाई २ सय थान कम्वल वितरण गरिएको थियोे । कार्यक्रमको संयोजन गरेका शान्ति समाज पर्सा शाखा सभापति अमरबहादुर गौतमले सेवामुखी उद्देश्य बोकेका संस्थाहरूको तर्फबाट भविष्यमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए । मानवअधिकार तथा शान्ति समाज कपिलवस्तु शाखा सहितको आयोजनामा ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भमा मंसिर २७ गते ४ नं. जितपुर कपिलवस्तुमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्दराज पोखरेलले जीवनमुखी उद्देश्य बोकेको शान्ति समाजले भविष्यमा पनि रक्तदानलगायत मानवीय कार्यलाई निरन्तरता दिने बताए ।
सम्बन्धित समाचार
-
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा
- बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
-
सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न
-
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
- नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
- अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
-
मेगाले ल्यायो मेगा अभिभावक बचत खाता
-
‘समस्या पहिचान भए समाधान भेटिन्छ’
-
जोखिमकै बीच विद्यालय खुल्दै
-
विधिको कुरा गर्दा किन आङ सिरिङ्ङ ?
- जेलमा अझै जंगी शासन
- आफ्नालाई च्याप्दा विभाग नै रित्तो
Leave a Reply