बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९को कारण भर्चुअल रूपमा सम्पन्न बैठकमा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरूमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालिन समस्यालाई मध्यनजर गर्दै आफ्ना सदस्य संघसंस्थाहरूको तरलता अभावको समस्यालाई समाधान गर्ने उद्देश्यले तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७ लागु गरेको बताए ।
उनले संघले बहुउद्देश्यीय सहकारीहरूको उन्नयनका लागि थप कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिए । साधारणसभामा अल्पकालीन र दीर्घकालीन कार्ययोजनाबारे जानकारी गराउँदै उहाँले सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र गरिबी निवारणसम्बन्धी सूचना प्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको जानकारी गराए ।
पछिल्लो समय मुलुकमा भइरहेको आर्थिक तरलतालाई सम्बोधन गर्न संघले नयाँ योजना ल्याउने तयारी भइरहेको बताए । देशभर रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई सबल बनाउन संघले विभिन्न वर्षभरी विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
बहुउद्देश्यीय संघमध्ये यस संघमा ३ सय ३९ संघ संस्था आबद्ध रहेका छन् । संघको ४१ जिल्ला समेटेको साधारणसभामा जानकारी दिइयो । अध्यक्ष भण्डारीले संघले चारवर्षे रणनीतिक योजनाअन्तर्गत तय गरेका लक्ष्य कार्यान्वयन गर्न पाँचवर्षे व्यावसायिक योजना २०७७–२०८१ तयार गरेको जानकारी दिए ।
उनले भने, ‘अब हामीले रणनीतिक योजनाअनुसार संघ र संघआबद्ध संस्थालाई योजनाबद्ध रूपमा अघि बढाउनेछौं । संघले अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना र तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७ तयार गरेको बताए ।
कार्यक्रममा संघका सञ्चालक समिति उपाध्यक्ष नारायणभक्त श्रेष्ठले साधारण सभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । साधारणसभामा राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समिति सदस्य पदमा मनोनयन हुनुभएका संघका अध्यक्ष भण्डारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले अध्यक्ष भण्डारीलाई तथा दुई वर्षे कार्यकालका मनोनयन गरेको थियो । साधारणसभालाई संघका सचिव माधवप्रसाद तिमल्सिना र सदस्य मनोजकुमार थापा मगरले सम्बोधन गरेका थिए । कार्यत्रममा आव २०७७÷७८ को वार्षिक कार्यक्रम तथा बजेट, तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी आन्तरिक नीति तथा कार्यविधि, संघको ऋण र कर्जा लगानी तथा असुलीसम्बन्धी विनियमावलीे संशोधित मस्यौदा पारित गरेको थियो ।
सम्बन्धित समाचार
-
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा
-
सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न
- पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
-
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
- नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
- अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
-
मेगाले ल्यायो मेगा अभिभावक बचत खाता
-
‘समस्या पहिचान भए समाधान भेटिन्छ’
-
जोखिमकै बीच विद्यालय खुल्दै
-
विधिको कुरा गर्दा किन आङ सिरिङ्ङ ?
- जेलमा अझै जंगी शासन
- आफ्नालाई च्याप्दा विभाग नै रित्तो
Leave a Reply