कोभिड महामारीकै बीच टेलिकमले कमायो ९ अर्ब ७४ करोड
मुलुकमा दूरसञ्चार सेवाको सुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था २०६० माघ २२ गते ‘कम्पनी’ मा रूपान्तरण भएपश्चात् नेपाल टेलिकम स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ ।
गत वर्षदेखि कोभिड–१९ को महामारीको कारणले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा सोको असर निःसन्देह मुलुक र कम्पनीलाई पनि पर्न गयो । महामारी र लकडाउनका कारण एकातर्फ कम्पनीका आयोजनाहरूका लागि कार्यतालिका अनुसारका उपकरणहरू आपूर्ति गर्न असम्भव हुन गयो भने अर्कातर्फ कम्पनी परिसरमा प्राप्त भइसकेका उपकरणहरू निश्चित स्थानमा ढुवानी गर्न जनशक्तिलगायत स्रोतसाधन परिचालन गर्न समस्या पर्न गयो । आपूर्ति गरिएका उपकरणसँग सम्बन्धित वैदेशिक तालिमहरू सञ्चालन गर्न असम्भव हुन गयो भने मुलुकभित्रै उपकरण जडान गर्नुपर्ने घरका घरघनीहरूले स्वास्थ्य सुरक्षाका कारणले बाह्य व्यक्तिलाई प्रवेश गर्न दिन सक्ने अवस्था रहेन । यी व्यावहारिक समस्याहरूको अवस्थामा समेत कम्पनीको सेवाहरूलाई अविछिन्न रूपमा गुणस्तर कायम राख्दै सञ्चालन गर्न कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरूबाट प्रदर्शित जिम्मेवारी बोध एवं ग्राहकवर्गबाट प्राप्त माया र सद्भावप्रति कम्पनीका तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।
विगत र वर्तमान
१७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा अहिले कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको छ । यसको अर्थ हाल मुलुकको करिब ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।
कम्पनीले आधारभूत टेलिफोन (पीएसटीएन÷फिक्स्ड), ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित भीस्याट टेलिफोन सेवा, इन्टरनेट र डाटा सेवा (वायरलेसअन्तर्गत फोरजी, थ्रीजी, इभीडीओ, वाइम्याक्स, वाइफाइ हटस्पट, वाइरलाइनअन्तर्गत एफटीटीएच, एडीएसएल, फाइबर लिज) तथा अन्य भ्यालु एडेड सर्भिस ‘भीएएस’) सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
एफटीटीएच सेवा अन्तर्गत एउटै फाइबरको माध्यमबाट डाटा र भ्वाइस उपलब्ध भइरहेकोमा गत जनवरी १ तारिखमा एनटीटिभी ब्रान्डमा आईपीटिभी सेवाको शुभारम्भ भएपश्चात् ट्रिपल पे (अर्थात्, भ्वाइस, डाटा÷भिडियो) को अवधारणा कार्यान्वयन गर्ने सफलता कम्पनीलाई प्राप्त भएको छ ।
प्रगतिको तुलनात्मक तथ्यांक
कम्पनीको ग्राहक आधार आधारभूत सेवा (पीएसटीएन), जीएसएम, सीडीएमएतर्फ २०७६ असार मसान्तमा करिब २ करोड २७ लाख (७६.९५५ टेलीघनत्व) रहेको थियो । करिब २० लाख निष्क्रिय ग्राहक सिस्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिब २ करोड (६७.७६५ टेलिघनत्व) पुगे पनि ग्राहक आधारमा क्रमिक रूपमा वृद्धि हुँदै २०७७ मंसिर मसान्तसम्म ग्राहक आधार २ करोड ९ लाख (६९.८५ टेलिघनत्व) पुगेको छ ।
यसैगरी कोभिड–१९ बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७६÷७७ मा कम्पनीको आय रु. ४२ अर्ब ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु. ९ अर्ब ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आ.व. २०७५÷७६ मा इन्कम ट्याक्स, भ्यालु एडेड ट्याक्स, टीएससी, ओनरसिप ट्याक्स, कस्टम्स ड्युटी, रोयल्टी, आरटीडीएफ, डिभिडेन्ड, प्रोपर्टी एन्ड भेइकल ट्याक्सलगायतका कर तथा गैरकर गरी कम्पनीले रु. ३३ अर्ब ३० करोड (कुल आयको ७५५) रकम योगदान गरेको थियो भने यस आ.व. २०७६÷७७ मा रु. ३५ अर्ब ५ करोड (कुल आयको ८१५) योगदान गरेको छ ।
सेवा विस्तार
भ्वाइस सेवातर्फ ः कम्पनीको ग्राहक आधार २०७७ मंसिर महिनाको अन्त्य सम्ममा २ करोड ९ लाख २७ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र फाइबर टु द होम (पीएसटीएन) सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३.६५ प्रतिशत रहेको छ ।
इन्टरनेट डाटा सेवातर्फ ः कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिर महिनाको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेको छ ।
मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजनाअन्तर्गत मुलुकमै पहिलोपटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको एलटीई एडभान्स्ड फोरजी मोबाइल सेवा देशव्यापी रूपमा विस्तार भइरहेको छ । यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तहसम्म पुगिसकेको छ ।
कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवाको योजनालाई चालू आर्थिक वर्षमा निरन्तरता दिँदै सेवा विस्तार तीव्र रूपमा गरिरहेको छ । यो सेवा ४२ जिल्लामा पुगिसकेको छ । एफटीटीएच नेटवर्कमा एनटीटिभी सेवा २०२१ जनवरी १ देखि सुरु भएको हो । यसबाट एफटीटीएच भएका स्थानमा भिडियो अन डिमान्ड (भीओडी) जस्ता सेवा ग्राहकलाई उपलब्ध गर्न सकिनेछ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले कम्पनीका लागि यो एक महŒवपूर्ण कोसेढुंगा साबित हुने विश्वास लिइएको छ । कम्पनीको एफटीटीएच सेवामा ग्राहकहरूको ठूलो आकर्षण देखिएको र हालसम्म १ लाख १५ हजार एफटीटीएच कनेक्सन पुगिसकेको छ ।
मुलुकमा एफटीटीएच सेवाको विस्तारको क्रम हेर्ने हो भने धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला सदरमुकामबाट तामाको तारको नेटवर्कलाई अप्टिकल फाइबर नेटवर्कले पूर्ण रूपमा विस्थापित गर्ने कार्य सम्पन्न भइसकेको छ । यसका अलावा बागलुङको कुँडुले एक्सचेन्ज, बलेवा एक्सचेन्ज, म्याग्दीको गलेश्वर एक्सचेन्ज, मुस्ताङको मार्फा र कागबेनी एक्सचेन्ज क्षेत्रमा तामाको तारको नेटवर्क पूर्ण रूपमा विस्थापित भइसकेको छ । यसैगरी पश्चिम नवलपरासीको बर्दघाट एक्सचेन्ज र काभ्रे जिल्लाको बनेपा एक्सचेन्ज क्षेत्रमा समेत तामाको तारको नेटवर्कलाई अप्टिकल फाइवर नेटवर्कले पूर्ण रूपमा विस्थापित गर्ने कार्य सम्पन्न भइसकेको छ । यी कार्यालयहरूका कार्यालय प्रमुखलगायत संलग्न सबै लगनशील कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन चाहन्छ र देशभरका अन्य कार्यालयहरूमा समेत एफटीटीएचले कपर बेस्ड नेटवर्कलाई विस्थापित गर्ने कार्य तीव्र रूपमा अगाडि बढाउने व्यहोरासमेत अनुरोध गर्न चाहन्छु ।
पूर्वाधार विकास
मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बाग्मति का जिल्ला, नगरपालिका र गाउँपालिकाहरूलाई समेट्नेगरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । अन्तर निकायबीच समन्वयको कमीकमजोरी, कोभिड–१९ को प्रभावले सुस्त बनेको आयोजना कार्यान्वयन हाल कोभिड–१९ कम प्रभाव, अन्तरनिकायबीचको सुमधुर समन्वयका कारण तीव्र रूपमा अगाडि बढिरहेको र चालु आवमा अधिकांश कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यस पूर्वाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी डिजिटल नेपाल निर्माणका लागि आवश्यक डिजिटल फाउन्डेसन तयार गर्न महŒवपूर्ण योगदान दिनेछ ।
मोबाइल बैंकिङ
मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिने योजना कार्यान्वयनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको स्थापना गरिएको छ । नेपाल टेलिकमको सहायक कम्पनीका रूपमा कार्य गर्नेगरी मोबाइल फाइनान्सियल सर्भिस सञ्चालनको अन्तिम चरणको कार्य भइरहेको छ । कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात् मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी गरिरहेको छ । आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, क्यासलेस सोसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तिय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न यसले महŒवपूर्ण योगदान दिनेछ ।
संस्थागत सामाजिक उत्तरदायित्व
० नेपालमा फुटबल खेलको विकास तथा खेलाडीको व्यावसायिकतालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालको ‘ए’ डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई २०६८ सालदेखि नियमित रूपमा प्रयोजन गर्दै आइरहेको ।
० भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लाहरूमा आईसीटी सेन्टर स्थापना गर्ने कार्य सम्पन्न ।
कागजरहित वातावरणको सिर्जना गर्न एमपीओएस तथा अन्य पिनलेस रिचार्जको प्रवद्र्धन ।
० बोल्न तथा सुन्न नसक्ने व्यक्तिका लागि मोबाइलमा सहुलियत दर (प्रतिमिनेट ५० पैसा करबाहेक) मा कल सेवा उपलब्ध ।
० पर्यटकीय स्थल रारातालवरपर फोहोर व्यवस्थापन गर्न ८० थान डस्टबिन राखी फोहोर व्यवस्थापन गर्ने कार्य भएको ।
० विभिन्न दिवसलगायत पर्व, अभियान, सम्मेलन र प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरू निःशुल्क बल्क एसएमएसमार्फत प्रवाह गर्दै आएको ।
० कोभिड–१९ को अवस्थामा गरिएको लकडाउन समयमा सेवाग्राहीहरूलाई डाटा सेवामा विभिन्न छुट, रिचार्जमा शतप्रतिशत बोनस र अन्य विभिन्न प्याकेजको व्यवस्था ।
० लकडाउनको समयमा विदेशबाट आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टर तथा क्वारेन्टाइन सेन्टरमार्फत निःशुल्क सिम वितरण । होल्डिङ सेन्टरहरूमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराएको ।
० नेपाल सरकारको शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाअनुरूप देशभरका विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकका लागि निःशुल्क पाठशाला सीयूजी सिम तथा ह्याप्पी लर्निङ प्याकको व्यवस्था गरिएको ।
भावी रणनीति
० चालु आयोजनाहरूलाई स्वीकृत कार्ययोजनाअनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने ।
० मर्मतसम्भारलाई थप वैज्ञानिक र भरपर्दो बनाउने र नेटवर्क अभाइलेबिलिटी बढाई गुणस्तरलाई सुनिश्चित गरिनेछ ।
० जीआईएसमार्फत पूर्वाधारहरूको अभिलेखीकरण तथा सोको प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारिता कायम गरिने, ड्राइभरलेस अप्टिमाइजेसनमार्फत मोबाइल सेवाको गुणस्तरलाई निरन्तर अनुगमन तथा सुधार गरिनेछ ।
० डिजिटल प्लेटफर्ममार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापनलगायत कार्यहरू गर्ने
० नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने र पूर्वाधारको सहप्रयोगमार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणी भूमिका निर्वाह गर्न तयार रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।
० कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्न स्ट्राटेजिक मेनेजमेन्ट पार्टनर भिœयाउन पहल गर्ने ।
० सबै स्थानिय निकायहरूमा ब्रोडल्यान्ड सेवा पु¥याई डिजिटल डिभाइड कम गर्दै डिजिटल लिटरेसीलाई प्रोत्साहन गर्ने वातावरण तयार गरिनेछ । डिजिटलाइजेसनको प्रक्रियालाई सहयोग गरिनेछ ।
० बिग डाटा÷बीआई, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत सेवालाई बढी ग्राहकमैत्री बनाइनेछ ।
० फाइभजी सेवा सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनका लागि प्रारूप तयार गर्ने ।
(नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले वार्षिकोत्सवमा पेस गरेको प्रतिवेदनबाट)
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply