२८ माघ २०७७, बुधबार ०६:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वर्तमान उत्सव
मेश श्रेष्ठ
भर्खरै
एक हुल युद्ध जितेर गए
तर
हार्नेहरू कसैका पनि
टाउकाहरू थिएनन्
हारे उनीहरू
ढुंगाको जिन्दगी हारे
सभ्यताले
थाप्लो हराउने गरी कुल्चेको
रातको गर्भमा
उनीहरूले गीत गाउँदै हारे
मृत्युले
यज्ञ–अग्निका
कविता लेख्न नपाउँदै
उनीहरूले उत्सवको एक दिन
अतुलनीय नींदहरू हारे,
तर
जित्नेहरू कसैका पनि
टाउका भने थिएनन् रे
पछि थाहा भयो
उनीहरू सबै
टाउका नहुनेहरूले मात्रै खेल्ने खेल
खेलिरहेका थिए
भर्खरैभर्खरै
एक हुल युद्ध जितेर गए ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply