काठमाडौं शाखाको २२ औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न भएको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा २०७७ माघ २४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन समेत गरेका प्रमुख अतिथि सञ्चार मन्त्री पार्वत गुरुङले मन्तव्य राख्दै आफ्नो मन्त्रालय देशभरिका पत्रकारको अभिभावक मन्त्रालय भएको दावी गरे । प्रेस पास वितरणको प्रदेशस्तरमा गरिएको व्यवस्था तथा पत्रकारको कल्याणकारी कोषमा पाँच करोड विनियोजित गरिएको तथा त्यसलाई अझै बढाएर १० करोड पुर्याउने सरकारको योजना रहेको बताउँदै उनले यस्तो दावी गरे । उनले पछिल्ला दिनमा पत्रकारको आवाज सरकारले सुनेन भन्ने स्थिति नरहेको समेत बताए ।
कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासङ्घ काठमाडौँका पूर्व अध्यक्षहरूको तर्फबाट ईश्वरी वाग्ले, पुरष्कृत पत्रकारहरूको तर्फबाट शम्भु श्रेष्ठ, बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा र पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पनि मन्तव्य राखेका थिए । साधारण सभाको उद्घाटन सत्रमा प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारी, प्रेस संगठनका नेता शुरोजंग पाण्डे, हेमराज सिलवाल, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलिप थापासहितका विभिन्न पत्रकार सङ्घरसङ्गठनका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो । सो अवसरमा १४ वटा बेग्लाबेग्लै पत्रकारिता स्मृति पुरस्कार प्रदान गरिएको थियो । यसरी पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडीले प्राप्त गरेका थिए । पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षता तथा सचिव मोहनप्रसाद पन्तको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा पत्रकार महासङ्घ काठमाडौँको स्मारिका (पत्रकारिता) प्रमुख अतिथिद्वारा विमोचन गरिएको थियो । सो अवसरमा बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले प्रेस सामग्रीसहितको दुई वटा झोला प्रदान गरेका थिए भने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारको कल्याणकारी कोषका लागि १५ लाख रुपियाँको चेक हस्तान्तरण गरेका थिए । साधारण सभाको दोस्रो चरणको बन्दसत्र ईश्वरी वाग्लेको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौंलागाँइ, यम विरही लगायतको अध्यक्ष मण्डलीय नेतृत्वमा अघि बढेको थियो । बन्दसत्रमा सचिव मोहनप्रसाद पन्तले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पिर्थीबहादुर बस्नेतले आर्थिक प्रतिवेदन र देवेन्द्र चुँडालले समसामयिक प्रश्ताव पेश गरेका थिए । बन्दसत्रले ती सबै प्रस्तावलाई पारित गरेपछि बाइसौँ अधिवेशन समापन भएको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply