क–कसले लेख्दैछन् प्रतिबद्धतापत्र ?
काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धतापत्र लेख्ने गृहकार्य थालेको छ । प्रतिबद्धतापत्र लेख्न संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको छ ।
प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, वेदुराम भुसाललगायत सदस्य छन् । नागरिक अगुवाहरूले आम नागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिका लागि मात्रै होइन भन्ने श्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् । त्यसकै आधारमा समूहले प्रतिबद्धतापत्र जारी गर्ने तयारी गरेको छ । तर, नेकपाले भने श्वेतपत्र नभएर प्रतिबद्धतापत्र सार्वजानिक गर्न लागेको हो ।
श्वेतपत्रमा विगतमा के–के भयो भन्ने कुराको मात्र जानकारी हुन्छ तर प्रतिबद्धतापत्रका विगतको जानकारी, वर्तमान परिस्थिति र भविष्यमा के गर्ने भन्ने कुरा पनि उल्लेख हुने भएकाले प्रतिबद्धतापत्र नै सार्वजनिक गर्नेगरी लेखनको थालनी गर्न लागिएको बुझिएको छ ।
सम्बन्धित समाचार
- अर्बपति सांसदले पनि छाडेनन् घरमर्मत खर्च
-
कोभिड महामारीकै बीच टेलिकमले कमायो ९ अर्ब ७४ करोड
-
कांग्रेसको दहीच्युरे पारा
-
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा
- बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
-
सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न
- पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
-
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
- नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
- अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
-
मेगाले ल्यायो मेगा अभिभावक बचत खाता
-
‘समस्या पहिचान भए समाधान भेटिन्छ’
Leave a Reply