पत्रकार महासंघ ः बढारियो प्रतिगमन पक्षधर
काठमाडौं । नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पहरेदारी संस्था नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा प्रतिगमन पक्षधरहरु बढारिएका छन् । सामुदायिक रेडियो प्रशारक संघ एको¥याबमा सरकारी पक्षधर प्रेस चौतारी र प्रेस युनियनको गठजोडले अन्य पक्षलाई एक्ल्याएर एको¥याबको नेतृत्व कांग्रेसको पाउमा बुझाएपछि बदलामा बनेको समीकरणले सरकार चौतारीको होस हवास उडेको हो ।
प्रेस युनियन, प्रेस संगठन र प्रतिगमनविरोधी प्रेस चौतारीलगायतको बृहत् गठबन्धनले केन्द्रीय समितिमा मात्र होइन अधिकांश जिल्लामा समेत सानदार उपस्थिति जनाएको छ । केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वमा गठबन्धन बनाएर अघि बढेको उक्त समूहका सबै उम्मेदवारले केन्द्रीय समितिमा जित हासिल गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्ष उदय जिएम, महिला उपाध्यक्ष बाला अधिकारी, महासचिव रोशन पुरी, सचिव गोविन्द चौलागाईं, दलित सचिव हेकमर्ण विकलगायतको पदाधिकारीको सेटले नै जितेको छ ।
जसमा प्रेस सेन्टरलाई महासचिव र काठमाडौं शाखा अध्यक्ष भाग परेको छ भने माधव नेपाल पक्षधर चौतारीले दुई सचिवसहित आठ केन्द्रीय सदस्य जितेका छन् । उक्त समूहबाट उपत्यका केन्द्रीय सदस्यमा सर्वाधिक मत सहित काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी निर्वाचित भएका छन् । यसैगरी सो समूहबाट केन्द्रीय समितिमा माधव पौडेल, सुवास साह, उत्तर विष्ट, मणि दाहाल र शान्ता आम्बुहाङलगायत छन् । जसमा ‘सरकारी चौतारी’ ले एकजना केन्द्रीय समिति सदस्य मात्र हात पारेको छ । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमाले (माधव पक्ष) निकट प्रेस चौतारी र राष्ट्रिय जनमोर्चानिकट प्रगतिशील पत्रकार संघबीच गठनबन्धन भएको थियो ।
त्यस्तै नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल, जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपाल र राप्रपा निकट मिडिया नेपालबीच गठबन्धन भएको थियो । अधिकांश जिल्ला शाखामा युनियन–संगठन गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
जिल्ला शाखाहरुमा युनियनले ४३ जिल्लामा अध्यक्ष जितेको छ भने प्रेस संगठनले १० जिल्लामा जितेको छ । त्यसैगरी ‘सरकारी चौतारी’ ले १२ जिल्ला र माधव नेपाल पक्षधर चौतारीले ६ जिल्लाको नेतृत्व हात पारेको छ । सुरुमा दुवै पक्षको चौतारी मिलेर एक भई वाम सहकार्यका साथ माओवादीलाई समेत मिलाएर गठबन्धन बनाउनुपर्ने माग राखी वार्ताको प्रयास गर्दा सरकारी चौतारीमा अहंकारले काम गर्दा परिणाम गुमेको हो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply