रेडियो नेपालको पहिलो समाचार बाचिका कृष्णा ताम्राकारको निधन
१० चैत, काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी पहिलो समाचार वाचिक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ । केही दिनयता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना भएकी ८६ वर्षीया ताम्राकारको उपचारकै क्रममा निधन भएको हो । रेडियो नेपालबाट सञ्चार जगतमा प्रवेश गरेकी ताम्राकार लोकप्रिय समाचारबाचक थिइन् ।
२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो । रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् ।
आफ्नो पेशाका अन्तिम दिनहरुसम्म पनि सञ्चारकर्ममा सक्रिय थिइन् । ईमेज एफएम ९७.९ मा उनले उज्यालो नामको कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
Leave a Reply