रेडियो नेपालको पहिलो समाचार बाचिका कृष्णा ताम्राकारको निधन
१० चैत, काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी पहिलो समाचार वाचिक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ । केही दिनयता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना भएकी ८६ वर्षीया ताम्राकारको उपचारकै क्रममा निधन भएको हो । रेडियो नेपालबाट सञ्चार जगतमा प्रवेश गरेकी ताम्राकार लोकप्रिय समाचारबाचक थिइन् ।
२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो । रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् ।
आफ्नो पेशाका अन्तिम दिनहरुसम्म पनि सञ्चारकर्ममा सक्रिय थिइन् । ईमेज एफएम ९७.९ मा उनले उज्यालो नामको कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply