३० औं जलवायु शिखर सम्मेलन ब्राजिलमा
१४ जेठ,काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप –३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसौं कोप आयोजना गरिने घोषणा गरेका छन् । अमेरिकी केबल न्युज नेटवर्क सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्विटरमा पोष्ट गरिएको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन् ।
ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको बताएका छन् । बेलेम डो पारा अमेजन जंगलको किनारमा अवस्थित उत्तरी ब्राजिलको सहर हो । (रासस /एएनआई)
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
इस्लामाबादमा ठूलो कूटनीतिक हलचल: अमेरिका–इरान वार्ता सुरु
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply