समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ
तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ?
म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता र राष्ट्रको हितमा कृयाशीलमै रहेको छु । कामपा र वडामा जन्मिए यो क्षेत्र मेरो जन्मभुमि अनि कर्म भुमि पनि हो ।
मैले वडा, क्षेत्र अनि जिल्ला हुदै यस क्षेत्र र जिल्लाको सक्दो विकाशका निम्ति राजनीतिक विचार र दलगत स्वार्थ भन्दा माथि उठेर काम गरेको कुरा यस जिल्लाका राजनीतिक दलहरुलाई राम्ररी थाहा छ । त्येसैले मैले यस प्रदेश क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरेको छु ।
यस प्रदेश क्षेत्रमा तपाईका योजनाहरु के के रहेका छन ?
हामीले राजनीति गर्ने केवल राजनीतिका लागि मात्र होइन । सिद्धान्तनष्ठ राजनीति र समग्रमा जीवनका लागि हो । सभ्य,सुस्सकृत, बिकसित समाज निर्माणका लागि विचार र राजनीति परिलक्षित हुनुपर्दछ । मानव जीवन समृद्ध र शुखमय बनाउन राजनीति गर्ने हो ।
त्येसैले मैले समग्र राजनीतिलाई सभ्य र सालिनता पुर्वक आफ्नो ठाउँबाट प्रयत्न गर्नेछु । यसका अतिरिक्त हाम्रो मूल योजना यस प्रदेशको बिकाशमा केन्द्रीत् हुनु पर्दछ ।
यस प्रदेशका विकास निर्माणका के के योजना छन् ?
अहिले यस प्रदेश क्षेत्रमा अब्यवस्थित बाटा घाटाहरु, ट्राफिक जाम,वायु प्रदुषण, पुरातात्विक धार्मिक सम्पदाहरु संरक्ष्ण नहुनु,खानेपानीको अभाव,ब्यवस्थित पार्कहरुको ब्यवस्थापन हुन् सकेको छैन । यी लगायत युवाहरुलाई रोजगारीको अभाव छ जुन समाधानका कार्यहरु भैरहेका छैनन् । यी र यस्ता धेरै कामहरुलाई क्रमिक रुपमा पुरा गर्दै जानु पर्दछ । काठमाडौं जिल्ला भित्रकै बढी ट्राफिक जाम हुने क्षेत्र सिनामंगल,गौशाला,जयबगेश्वरि हुदै चाहबील चुचेपाटि अनि गोपीकृष्ण पुल निस्कने बाटो पर्दछ । यसलाई हामी योजना वद्ध कार्य द्वारा अन्त्य गर्न चाहन्छौं,तिलगंगा ताम्रगंगा शुरुंग मार्ग हामीले नै अगाडी बढाएका थियौ ।यो शुरु गरिनेछ तिलगंगाबाट रातोपुल जानेबाटोलाई भूमिगत मार्गको रुपमा बनाउने योजना छ । यसको प्राबिधिक अध्ययन थाल्नेछौ । त्यसरी नै पैदल मार्गीलाई बाटो काट्न ज्यादै असुविधा छ । गौशाला, जयबगेश्वरी, मित्रपार्क र चाबहिल चुचेपाटीमा आकाशेपुलको व्यवस्थापन गरिनेछ । यो मेरो आगामी कार्यकालको प्राथमिकतामा रहने छ ।
बिश्वकै केन्द्र बिन्दु बिश्व सम्पदा सुचिमा सुचिकृत पशुपति क्षेत्र,चन्द्रबिनायक गणेश ,चारुमती बिहार,घन्दो चैत्य,गुहेश्वरी मन्दिर,नक्साल भगवती मन्दिर, मैतिदेवी मन्दिर जस्ता ऐतिहासिक पुरातात्विक जीवन्त सस्कृतिका घेराहरु हाम्रै क्षेत्रमा पर्दछ । यो हाम्रो सम्पति हो यसको संरक्षण,योजनावद्ध बिकाशले यस क्षेत्रका जनताको जीवन स्तर माथि उठाउन भूमिका खेल्नु पर्दछ । हाम्रो राजनीति यताको र केन्द्रित हुनु पर्दछ भने मान्यता राख्दछु । र यसको योजना म संग छ ।
तपाइले चुनाव जित्ने आधारहरु के के हुन् ?
नजित्ने आधार के छ ? मैले त देखेको छैन । एकातिर हामी राजनीतिक स्थिरताका लागि वाम तालमेलका साथै अगाडी बढेका छौ भने अर्को तिर म केवल वाम गठबन्धनको मात्र उम्मेदवार होइन यस क्षेत्रक सम्पूर्ण जनसमुदायहरुलाई थाहा छ मैले हिजो पंचायत बिरुद्ध र र ०६२–६३ मा गणतन्त्रका लागि लडेको यस क्षेत्रमा भए गरेका जनबिरोधि कार्यको बिरुद्ध लडेको छु । त्यसैले मेरा उम्मेदवारी यस क्षेत्रका न्याय प्रेमी,बिकाश प्रेमी र समृद्ध राष्ट्र निर्माण गर्न चाहने जनताहरुले विजयी बनाउनेमा म ढुक्क छु ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply