वायुसेवामा किन भयो उडान प्रभावित ?
काठमाडौं । एक मात्र राष्ट्रिय ध्यजावाहक उडान वायुसेवा निगमलाई थप व्यवस्थित पार्ने भन्दै सरकारल निगममा कार्यकारी महाप्रबन्धकको स्थानमा कार्यकारी अध्यक्षसमेत नियुक्त गरेको थियो । तर, पदाधिकारी धेरै भएर मात्र संस्था व्यवस्थित हुने रहेनछ भन्ने कुरा भने निगममा अझै यथावत् रहेको भद्रगोलले पुष्टि गरेको छ ।
पछिल्लोपटक निगमका उडान हरेक दिनजसो प्रभावित हुने र तीन घन्टासम्म फ्लाइट डिलेको समस्या हुन थालेको सेवाग्राहीहरू बताउँछन् । अध्यक्ष मदन खरेल, महाप्रबन्धक सुगतरत्न कंसाकार र अन्य विभागीय प्रमुखहरूले ध्यान नदिँदा निगममा लापरबाही भएको बताइन्छ ।
पछिल्लो दिनमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको दुई जहाज मर्मतमा रहँदा एक सातादेखि नेपाल वायुसेवा निगमको सेवामा तीन घन्टा उडान डिले हुन थालेको हो ।
निगमको न्यारो बडी ‘सगरमाथा’ गत साता बुधबार मर्मत (सिचेक) का लागि सिंगापुर पठाएको निगम स्रोतले बतायो । सिचेक गरिसकेपछि न्यारो बडी जहाज बिहीबार मात्रै नेपाल फर्कने बताइन्छ । इन्जिनियरिङ विभागले प्रत्येक जहाजको सिचेकका लागि समयावधि तोकेको हुन्छ । विभागकै निर्देशनमा सिचेकका लागि जहाज सिंगापुर पठाइएकाले समस्या भएको निगम स्रोतले बतायो ।
एयरबसको जहाज भए पनि खरिदकर्ताले कम्पनीमा जहाज मर्मत नहुने भएका कारण एमआरओ ‘मेन्टिनेन्स रिपेयर ओभरअल’मा गएर जहाज मर्मत गराउँदै आएकाले थप समस्या भएको बताइन्छ । निगमले तीन महिनाअगाडि मर्मतका लागि क्वालालम्पुर पठाएको बोइङ ७५७ ‘गण्डकी’को पनि एउटा इन्जिन साइकल समाप्त हुन लागेकोले सञ्चालनमा नल्याएको निगमले जानकारी दिएको छ । केही हप्ताअगाडि बोइङ मर्मत गरिए पनि ल्याएकै भोलिपल्ट ककपिटको झ्याल फुटेको थियो ।
निगमले फेब्रुअरीमा बोइङ उडान गरेपछि बिक्री गर्ने योजना बनाएको छ । तर, निगमको एक मात्र बोइङ पनि सञ्चालनमा भने छैन । केही महिनाअघि बोइङको आर्थिक मूल्यांकन लागि निगमले परामर्शको लागि स्विट्जरल्यान्डको फिन्टेक कम्पनी मगाएको थियो ।
जहाजहरूको प्राविधिक कारणले मर्मतका लागि लगिएको छ । बोइङ तत्काल सञ्चालनमा ल्याइएको छैन, त्यसैले समस्या भएको बताइएको छ । यात्रुको चाप त्यति नभएकाले आवश्यक परेको खण्डमा मात्र बोइङ सञ्चालनमा ल्याउने भन्दै उडान नगरेपछि हाल समस्या आएको बताइन्छ । त्यही कारण हरेक दिनजसो उडान ढिला भएको बताइन्छ ।
निगमले दुईवटा न्यारो बडी, दुईवटा वाइड बडी र एउटा बोइङले सिंगापुर, बैंकक, बैंग्लोर, दिल्ली, मलेसिया, दुबईलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ । हाल पाँचमध्ये दुईवटा जहाज सञ्चालनमा छैनन् । त्यसको मार यात्रुलाई परिरहेको मात्र छैन, एक मात्र ध्वजावाहकको छ
ि
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply