स्थानीयमा पुगेन किताबको पैसा
काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’ भन्ने मूलनारासहित विद्यार्थी भर्ना अभियान सुरु गरिएको थियो । विद्यालय जाने उमेरका सबै विद्यार्थीलाई विद्यालयमा भिœयाउने उद्देश्यले भर्ना अभियान सुरु गरेको विषयलाई नकारात्मक रूपमा पक्कै पनि हेर्न नमिल्ला ।
विद्यार्थी भर्ना अभियानमा सरकारी सक्रियता देखिए पनि अधिकांश विद्यार्थीहरूको हातमा समयमै पाठ्यपुस्तक पर्नेमा भने आशंका उत्पन्न भएको छ । प्रादेशिक संरचनामा गइसकेपछि अबदेखि विद्यालयहरूले पाठ्यपुस्तक किन्न स्थानीय तहबाट रकम पाउने व्यवस्था गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा रकम पठाएपछि मात्र पाठ्यपुस्तकहरू विद्यालयले किन्ने व्यवस्था गरिएको छ ।
तर, विद्यालयहरूमा पढाइको समय नजिकिँदै गए पनि अहिलेसम्म स्थानीय तहमा रकम गइसकेको छैन । यही वैशाखको दोस्रो हप्तादेखि विद्यालयहरू खुलेर पढाइ प्रारम्भ हुन्छ । तर, मानव स्रोत विकास केन्द्रले रकम पठाउन ढिलाइ गर्दा समयमै विद्यालयहरूमा पाठ्यपुस्तक पुग्ने आशंका चुलिँदै गएको बताइन्छ । स्थानीय तहमा केन्द्रबाट रकम गएपछि त्यो रकम स्थानीय तहले विद्यालयको खातामा हालिदिने र त्यसैबाट पाठ्यपुस्तक किन्ने व्यवस्था गरिएको छ । एक सूत्रका अनुसार देशका ९५ प्रतिशत स्थानीय तहमा अझै रकम पुगिसकेको छैन र त्यसमा अझै समय लाग्ने देखिन्छ ।
यसैगरी, यसपालि विद्यार्थी भर्ना अभियान सरकारले साधारण किसिमले सुरु गरेको छ । गएको वर्ष भने निकै तामझामपूर्ण रूपले विद्यार्थी भर्ना अभियान सुरु गरेको थियो । गएको वर्ष प्रधानमन्त्रीदेखि मन्त्री र राष्ट्रका विशिष्ट व्यक्तिहरूले विपन्न परिवारका विद्यार्थीको अभिभावकत्व ग्रहण गरी भर्ना अभियानमा सहयोग पु¥याएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगु जिल्लाको एउटा विद्यालयका विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । अभिभावकत्व ग्रहण गर्नेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्रीलगायत रहेका थिए । तर, अभिभावकत्व ग्रहण गरेका केही विशिष्ट व्यक्तिहरूले सम्बन्धित विद्यार्थीको पढाइ खर्च नबेहोरेको कुरा सार्वजनिक भएपछि यो वर्ष अभिभावकत्व ग्रहण गर्ने कार्य हुन नसकेको बताइन्छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply