एयरपोर्ट सफाइमा व्यापक सुधार ः दक्ष जनशक्तिबाट चौबिसै घन्टा सेवा
काठमाडौं । केही वर्षअघिसम्म हरेक महिनाजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइमा लापरबाही हुने गरेका समाचारहरू बग्रेल्ती आउने गरेकोमा पछिल्लो समय त्यसखाले समाचार शून्यमा झरेको छ । यसरी सबैलाई चमत्कार हुनेगरी त्यस्ता समाचार बन्न छोड्नुको रहस्य भने त्यो कामको जिम्मेवारी पाएको कम्पनीको कुशल व्यवस्थापन नै भएको बताइन्छ ।
दुई वर्षदेखि सो क्षेत्रको सरसफाइको जिम्मा पाएको इनोभेटिभ एचआर सोलुसन प्रालिको प्रवेशपछि सरसफाइमा गुनासो आउन छाडेको हो । सरसफाइ क्षेत्रका बारेमा नै प्राज्ञिक अध्ययन गरेका युवा उद्यमी रोहिनी भट्टराईले आफ्नो कम्पनीमार्फत २४सै घन्टा काममा ध्यान दिने गर्दा सरसफाइमा गुनासो आउन छोडेको बताइन्छ । ‘म आफैं हस्पिटालिटी म्यानेजमेन्टको विद्यार्थी भएकाले विदेशतिर कसरी सरसफाइ व्यवस्थापन गरिन्छ भन्ने बुझेर त्यहीअनुसार व्यवहारमा लागू गरेकाले समस्या नआएको हो,’ इनोभेटिभ एचआर सोलुसन प्रालिका प्रबन्ध निर्देशक रोहिनी भट्टराईले भने ।
आधुनिक सफाइ विधिको प्रयोग
इनोभेटिभ एचआर सोलुसन प्रालीले २०७३ माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको जिम्मा लिई कार्य थालनी गरेको हो । सो कम्पनीबाट आधुनिक सफाइ विधिको प्रयोग गरी दक्ष जनशक्तिहरूलाई चौबिसै घन्टा काममा लगाई विमानस्थलको सरसफाईमा उल्लेखनीय सुधार गरेको भट्टराईको दाबी छ । सो कम्पनीका प्रबन्ध निर्देशक रोहिणी भट्टराईको सफाइसम्बन्धी पेसामा २० वर्षदेखिको अनुभवलाई विमानस्थलको सफाइमा लगाई उल्लेखनीय सुधार गरेको सरोकारवालाहरू बताउँछन् । यस कम्पनीले विमानस्थललगायत अन्य अस्पताल तथा कम्पनीहरूमा लामो समयदेखि काम गर्दै आएको छ । आधुनिक तरिकाबाट फोहोर व्यवस्थापन गर्नेगरी हाल अन्तर्राष्ट्रिय विमानस्थको सफाइको जिम्मा फेरि पाएको र सोको समेत कार्य थालनी भइसकेको उनी बताउँछन् ।
उनले सफाइ व्यवस्थापनमा कुनै गुनासो नआओस् भनेर विदेशतिरको अध्ययन र अनुभवलाई आधार मानेर काम गर्ने गरेका छन् । आधुनिक उपकरण र आधुनिक केमिकल प्रयोग गर्दा काममा निकै सहज भएको उनको अनुभव छ । उनले भुइँ घोट्ने, कार्पेट सफा गर्नेलगायत कामका लागि आधुनिक मेसिन र अन्य कामका सहजताका लागि ट्रली बकेट प्रयोग गर्ने गरेका छन् । यसले पनि कामको गुणस्तरमा एकरूपता आएको बताइन्छ ।
अन द जब तालिम
इनोभेटिभ कम्पनीले आफ्ना कामदारहरूको दक्षतामा विशेष ध्यान दिने गरेको बताइन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा मात्र सो कम्पनीमार्फत सरसफाइका लागि करिब १ सय ७० कामदार कार्यरत छन् । व्यवस्थापक, सुपरभाइजार, प्लम्बरलगायत विभिन्न तहका कर्मचारीहरूलाई प्रबन्ध निर्देशक भट्टराई आफैं कार्यक्षेत्रमा गएर निर्देशन दिइरहेका भेटिन्छन् । त्यति मात्र होइन, उनी आफैं बिहानदेखि रातिसम्म आफ्ना कामदारको कामको छड्के अनुगमनमा जतिसुकै बेला पनि पुग्ने गरेको बताउँछन् ।
पहिले दिउँसो मात्र सरसफाइको काम हुने हुँदा रातिको फोहोर अव्यवस्थित हुने गथ्र्यो तर अहिले चारवटै सिफ्ट निर्माण गरेर तदअनुसार कर्मचारी खटाइने र फोहोर हुनासाथै तत्कालै सफाइ गर्ने प्रबन्ध गरिएको उनको दाबी छ । ‘त्यति मात्र होइन, अहिले हामीले कर्मचारीहरूलाई अन द जब ट्रेनिङसमेत दिने गरेका छौं,’ प्रवन्ध नर्देशक भट्टराईले भने । त्यस्ता तालिमबाट स्तरीय सेवा प्रदान भइरहेको र विगतमा जस्तो गुनासो नआएको बताइन्छ ।
बेस्ट मेनेजमेन्ट सिस्टम लागू हुँदै
विगतमा अधिकांश समय विमानस्थलको धावनमार्गमा विमान चिलसँग ठोक्किएर दुर्घटना भएको पनि उदाहरण छन् । फोहोर व्यवस्थापन नभई यत्रतत्र छरिँदा त्यहाँ चिल, गिद्धजस्ता चराचुरुंगी आउने र त्यसले दुर्घटना निम्त्याउने गरेको हो । त्यहाँ नेपाली सेनाको क्यान्टिनमा मासुजन्य फोहोर बढी निस्कने गरेको छ । त्यही फोहोर अव्यवस्थित हुँदा चिल, गिद्धजस्ता चरा आउने र ती चराहरू यत्रतत्र घुम्दा विमानमा ठोक्किएर दुर्घटना हुने गरेको हो । सो क्षेत्रमा इनोभेटिभ एचआर सोलुसनले काम थालेसँगै यस्तो खाले समस्यामा कमि आएको बताइएको छ । सो कम्पनीले अब आफूले जिम्मा पाएको निकायहरूमा यही सिस्टमबाट फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि सबैभन्दा पहिले कुहिने, नकुहिने र फेरि प्रयोगमा ल्याउन सकिने भनेर फोहोरको वर्गीकरण गरी त्यहीअनुसार अलग–अलग भाँडोमा राख्ने गरिन्छ । अनि कुहिनेलाई जैविक मल, बायोग्याँसलगायत चीज बनाउन प्रयोग गरिन्छ भने नकुहिनेको प्रकृति हेरी पेलेर पुनप्र्रयोगको कच्चा पदार्थका रूपमा उपयोग गरिन्छ । त्यति मात्र होइन, सिसा तथा प्लास्टिकका बोतलहरू सफा गरेर पुनः प्रयोगमा ल्याइन्छ । यो सिस्टम लागू गर्दा निस्कएको फोहोर व्यवस्थापन गर्न पनि कुनै कठिनाइ नहुने भट्टराईको धारणा छ । एयरपोर्ट क्षेत्रमा स्वास्थ्य सम्बन्धी संस्थाहरू पनि रहेका छन् । त्यसबाट निस्किएको फोहोरमा संक्रमण होला भनेर पहिले निसंक्रमित गरेर अन्यत्र लाने गरिएको छ । त्यसलाई व्यवस्थापन गर्न छिट्टै नै चिम्नी तथा बायोग्यास प्लान्ट निर्माणको तयारी समेत भएको बुझिएको छ । यसो भए विदेशबाट नेपाल आउँदा सबैभन्दा पहिले विदेशीको आँखा पर्ने स्थान एयरपोर्टको फोहोर व्यवस्थापनको दिगो समाधान हुने सम्भावना छ ।
इनोभेटिभ एचआर नमुना बन्दै
हुन त नेपालमा यस्ताखाले थुप्रै कम्पनी छन् । पछिल्लो समय त्यस्ता सेवा प्रदायक कम्पनी बढ्दै पनि नगएका होइनन् । सुरुमा दर्ता भएका यस्ता कम्पनी दुई सयको संख्यामा भएको बताइन्छ । पछिल्लोपटक तिनीहरूले श्रम विभागमा सूचीकृत हुनैपर्ने बाध्यता पनि छ । सो व्यवस्थापछि करिब ४० वटा हाराहारीका कम्पनी मात्र सूचीकृत भएको बताइन्छ । तर अरूको भन्दा इनोभेटिभ एचआरको सेवा विशिष्ट प्रकारको रहेको बताइन्छ । यसबाहेक उक्त कम्पनीले केही बैंकमा, केही होटलमा, केही इन्स्योरेन्स कम्पनीमा र केही अस्पतालमा पनि सेवा दिइरहेको छ । तर सबैको आँखा पर्ने त्रिभुवन विमानस्थलको भने स्वरूप नै फेरिएको जोकोहीले पनि देख्न सक्छन् । अन्तर्राष्ट्रिय विमानस्थलको टावर, राडार, प्रस्थान र आगमन स्थानमा केही वर्षअगाडिको अवस्था र अहिलेको अवस्थाको तस्बिर तुलना गरेर हेर्दा नै सबै छर्लङ्ग हुनेछ ।
कार्यालयसँग प्रभावकारी समन्वय
त्रिभुवन विमानस्थल कार्यालयसँग प्रभावकारी समन्वय भएकाले नै आफ्नो जिम्माको काम कुशलतापूर्वक सम्पन्न गर्न सघाउ पुगेको प्रबन्ध निर्देशक भट्टराई बताउँछन् । कार्यालय प्रमुख राजकुमार क्षत्रीले पनि आफूहरूलाई तत्काल कम्प्लेन गरिदिँदा देखिएका कमजोरीसमेत तत्काल सुधार गर्न सहयोग पुगेको उनले बताए । त्यसो त भट्टराईको योजना सरकारले जिम्मा दिए सबै सरकारी निकायको सरसफाइमा चामत्कारिक परिवर्तन ल्याइदिने योजना छ । उनी भन्छन्, ‘स्वदेशमै केही गरेर देखाउने सोचका साथ विदेशका राम्रा मौकाहरूसमेत त्यागेर नेपाल बसेको हुँ । अहिले सयौंलाई रोजगारी दिइरहेको छु । कामको जिम्मा आफूलाई प्राप्त हुने हो भने नमुना काम गरेर देखाउने र हजारौं बेरोजगार युवालाई रोजगारी दिने उनको सोच छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply