पम्पमा ठग्ने गिरोह फेला
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोल पम्पमा नक्कली मेसिन राखेर ठगी गर्ने ठूलो गिरोह पत्ता लगाएको छ । उक्त गिरोहले सफ्टवेयरमार्फत पेट्रोलियम पदार्थ ठगी गर्न मेसिन नै प्रयोग गर्ने गरेको भेटिएको छ । यो गलत धन्दामा मारवाडीको एउटा गिरोह नै लागेको भेटिएको छ ।
पछिल्लोपटक यो डिस्पेन्सर मेसिन बिक्री गर्ने श्याम रौनियारसहित चारजनाविरुद्ध मुद्दा दायर भएको छ ।
गुणस्तर तथा नापतौल विभागले तीन वर्ष कैद माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । यो अभियोगमा श्याम रौनियारसँगै कन्हैया कुमार, उदय सर्राफ, आनन्दकुमार आरोरालाई मुद्दा दायर गरिएको छ ।
रौनियार गिल्बर ब्रान्डको मेसिन आयातकर्ता हुन् । उनको कम्पनी अरनिका ट्रेडर्सले यो ब्रान्डको डिस्पेन्सर मेसिन ल्याएर बिक्री गर्दै आएको थियो । रौनियारले गिल्बरको ब्रान्डको मेसिनमा विशेष सफ्टवेयर प्रयोग गरी बिक्री गरेर पेट्रोलियम पदार्थ ठगी गरेको देखिएपछि मुद्दा दायर गरिएको हो ।
६ महिनाअघि केही पम्पमा अनुगमन गर्दा सफ्टवेयरमार्फत पेट्रोल ठगी गरेको पत्ता लागेको थियो । विभागको अनुसन्धानको क्रममा आयातकर्ताले नै मेसिनमा सफ्टवेयर जडान गरेर दिएको पाइएपछि मुद्दा दायर गरिएको बताइन्छ ।
कलैयाको विजय आयल स्टोर, अमित आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर र स्वस्थानी आयल स्टोरले सफ्टवेयरमार्फत ठगी गरेको भेटिएको थियो ।
त्यसपछि विभागले काठमाडौंको सानो भ¥याङमा रहेको बंगलामुखी आयल स्टोर्समा गरेको अनुगमनमा समेत सफ्टवेयरमार्फत तेल कम दिएर उपभोक्ता ठगी गरेको भेटिएको थियो । विभागको अनुगमनमा शंकर आयल स्टोर्स र रिया आयल स्टोर्सले समेत मदरबोर्डमा सफ्टवेयर जडान गरेर उपभोक्तालाई कम तेल दिएको भेटिएको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply