सुरज भए झनै निष्क्रिय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउन अचेल दिनरात खटिइरहेका छन् । भ्रमण वर्ष नजिकिँदै गर्दा उनमा कामको चटारो झनै बढेको छ । भ्रमण वर्षलाई सफल तुल्याउन सरोकारवालाहरूसँग घनीभूत संवाद र अन्तक्र्रियामा मन्त्री भट्टराई जुटेका छन् ।
तर, नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय संयोजक सुरज वैद्य भने पछिल्लो समय झनै निष्क्रिय बन्दै गएका छन् । भ्रमण वर्षलाई सफल तुल्याउन सरकारले उनलाई गहन जिम्मेवारी दिए पनि उनी निष्क्रिय हुन थालेका छन् । गएको सोमबार मात्रै मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल तुल्याउन वायुसेवा सञ्चालक संघका पदाधिकारीहरूलाई बोलाएर बैठक गरे । संघका पदाधिकारीहरूले भ्रमण वर्षमा सहयोग गर्ने र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । तर, सो छलफलमा सरोकारवाला सबै उपस्थित रहे पनि राष्ट्रिय संयोजक वैद्य भने अनुपस्थित रहे ।
मन्त्री भट्टराईको सक्रियतामा बोलाइएको बैठकमा वैद्य अनुपस्थित रहेको यो पहिलोपटक होइन । यसअघि मंसिर १९ गते मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल तुल्याउन विभिन्न राजनीतिक दलका नेता एवं भ्रातृ संगठनहरूसँग सुझाव र सहयोग माग्न बैठक डाकेका थिए । सो बैठकमा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेललगायत अरू राजनीतिक दलका प्रतिनिधिले भ्रमण वर्षलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, सो बैठकमा संयोजक वैद्य देखिएनन् । त्यस्तै, मंसिर १८ गते मन्त्री भट्टराईले ३१ देशका राजदूतहरूसँग भ्रमण वर्षकै सन्दर्भलाई लिएर अन्तक्र्रिया गरे । सो कार्यक्रममा पनि वैद्यको नाक–मुख देखिएन ।
व्यापारी वैद्यलाई भ्रमण वर्षको राष्ट्रिय संयोजक तोकेदेखि नै उनले कुनै क्रियाशीलता देखाइरहेका छैनन् । आफ्नो टिममा रहेका सदस्यहरूसँग समेत उचित समन्वय नगर्ने, उनीहरूलाई परिचालित तुल्याउने कार्यमा समेत उनले अरुचि देखाउँदै आएका छन् । पछिल्लो समय बच्चुनारायण श्रेष्ठलाई भ्रमण वर्षको सदस्य–सचिव तोकिएपछि त उनी निष्क्रियजस्तै बनेका छन् । आगामी जनवरी १ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिए पनि संयोजक वैद्यको निष्क्रियता र अनुपस्थितिले उद्घाटन कार्यक्रम प्रभावकारी हुनेमा आशंका देखिएको छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply