छोरा हुनु त प्रकाशजस्तो !
काठमाडौं । झ्याप्प दाह्री र जुँगा पालेको, कालो गगल्स, शिरमा बँक्लो टोपी र शरीरमा बाक्लै लुगा लगाएको यी युवालाई चिन्नुहुन्छ ? झट्ट हेर्दा, कुनै नेपाली फिल्मको नवप्रवेशी हिरोजस्तै लाग्ने यी युवाको हुलिया अचम्मकै छ । जोकोहीले पनि उनलाई यो गेटअपमा चिन्न मुस्किलै पर्छ ।
तर, यी युवा अरू कुनै अचम्मका पात्र नभएर एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाल हुन् । धेरैले अनुमान गर्न नसक्ने उनको यो तस्बिर तेस्री अर्थात् कान्छी पत्नी बिना मगरसित सगरमाथा आरोहण गर्न जाने क्रममा खिचिएको हो । बुधबारले यो तस्बिर केही दिनअघि मात्रै फेला पारेको थियो । सन्जोगवश, दाहालसँगै सोलु जाने क्रममा एक जना व्यक्तिले तस्बिर लिँदा उनी प्रकाश परेको पुष्टि भएको हो ।
लुम्बिनी–सगरमाथा शान्ति अभियान, नेपालको ज्याकेट लगाएका दाहाल दुई वर्षअघि सगरमाथा आरोहण गर्न गएका थिए । राज्यको ढुकुटीबाट पैसा लिएर सगरमाथा उक्लन गएका उनीहरूको टिममा उनकी तेस्री पत्नी बिनासँगै एमाओवादीका कृष्ण केसीलगायतका व्यक्ति पनि सम्मिलित थिए ।
प्रसंग पुरानै भए पनि, प्रचण्ड–पुत्र प्रकाशले लुक्लामा ओर्लेर सगरमाथाको आधार शिविरतिर पाइला बढाउँदा सधैंभरि बिनालाई नै साथमा लिएका थिए । आधार शिविरतिर जाँदा सुस्त रूपले हिँड्ने प्रकाशले एउटा छडीको सहारामा उकाली–ओराली गरेका थिए । सूत्रका अनुसार एक दिन काठमाडौंबाट एउटा हेलिकोप्टर सोलुको कुनै ग्रामीण बस्तीमा अवतरण भयो, त्यो हेलिकोप्टरमा खसीको मासु प्याकिङ भएर आएको थियो । प्रकाशले आफूलाई खसीको मासु खान मन लागेको सञ्चार प्रवाह नयाँ बजारमा गरेपछि उनलाई त्यसको व्यवस्था भएको थियो । उनको त्यस्तो चाहनालाई पूर्वअधिराजकुमार धीरेन्द्रको सोखसित जोडेर हेर्ने गरिएको छ । धीरेन्द्रले आफू अधिराजकुमार हुँदा मुस्ताङस्थित थाकखोलाको निगुरो खाने इच्छा व्यक्त गरेपछि काठमाडौंबाट हेलिकोप्टर लगेर त्यहाँस्थित नेपाली सेनाका जवानहरूलाई निगुरो टिप्न लगाएर काठमाडौं ल्याई खाएका थिए भनिन्छ । प्रकाशको सोखलाई पनि शाही र राणाकालीन सोखसित सोलुका बासिन्दाहरूले तुलना गरेका थिए ।
सूत्रका अनुसार आधार शिविरतिर जाने क्रममा अपरिचित व्यक्तिका रूपमा गएका उनले कोहीसित पनि खुलेर कुराकानी गरेनन् । कसैले केही कुरा सोधे, उनी हो वा होइनका शैलीमा मात्रै बताउँथे । आफूलाई अरूले नचिनोस् भन्ने मनसायले उनले आफूलाई त्यसरी प्रस्तुत गरेको हुनसक्ने बताइन्छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply