उपाध्यक्ष बन्नुअघि उकुसमुकुस
काठमाडौं । नेकपाको आइतबार सम्पन्न स्थायी समिति बैठकले उपाध्यक्षमा प्रस्तावित वामदेव गौतमको प्रस्ताव पारित गर्न अनुकूल हुनेगरी विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ । तर, गौतमलाई उपाध्यक्ष बनाउनुको औचित्यमाथि भने नेताहरूले गम्भीर प्रश्न उठाएका छन् । अध्यक्ष नभएको बखतमा मात्र जिम्मेवारी पाउनेगरी सेरेमोनियल भूमिकामा गौतमलाई मात्र उपाध्यक्ष बनाउनुको औचित्यमाथि प्रश्न उठाइए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा कुनै ठोस जवाफ दिएनन् ।
खासगरी भीम रावलले आफूले भन्दा कम मत ल्याएका गौतमलाई के औचित्यका आधारमा, कुन विधि र मान्यताका आधारमा अघि सारियो भन्ने प्रश्न उठाएका थिए । त्यस्तै अष्टलक्ष्मी शाक्यले पदाधिकारी र सचिवालयमा एकजना पनि महिलाको उपस्थितिबिना पुरुषैपुरुष बसेर निर्णय गर्न अप्ठ्यारो हुँदैन भन्दै अडबांगो खालका प्रश्न सोधेकी थिइन् । त्यसो त बैठकमा अध्यक्ष प्रचण्डले अहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी पनि संविधान संशोधनको चर्चा भइरहेको भन्दै त्यस्तो चर्चा हामीजस्ता बुढापाका थन्क्याउन मात्र आएको हुन सक्ने भन्दै वामदेवलाई व्यंग्य कसेका थिए । गौतमले पनि मलाई त्यसरी व्यंग्य कसेर अहिल्यै बूढा भन्ने भन्दै चुनाव हार्दाको पीडा खोतलेका थिए । दुई वर्षसम्म हारको पीडाबाट शान्त हुन नसकेका गौतमले त्यतिबेला जितेको भए स्वतः प्रधानमन्त्रीको उम्मेदवार हुने स्थिति रहेको तर अहिले भने आफूलाई कमजोर बनाउन गलत ढंगल हल्ला फिँजाइएको दाबी गरेका थिए । गौतमले चुनावी हारपछि पार्टीले बुझाएको छानबिन समितिले दोषी किटान गरेकाहरूलाई कारबाही गर्न पुनः जोडदार माग गरेका छन् । ‘मलाई नियोजित रूपमा चुनावमा हराइयो, पार्टीले छानबिन कमिटी पनि बनायो, अन्तरघात गर्नेलाई दोषी किटान गरी कारबाहीका लागि सिफारिस पनि गरियो तर अहिलेसम्म किन कारबाही भएन ?’ गौतमले आक्रोश व्यक्त गर्दै छानबिन प्रतिवेदनका सुझाव कार्यान्वयनको माग गर्दै बैठकमा छलफलको मागसमेत गरेका थिए ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply