नयाँ मन्त्रीको कार्यशैली सुस्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘भिजन’अनुसार कार्यसम्पादन गर्न नसकेको समीक्षासहित आर्थिक वर्ष सुरु भएयता दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । ६ महिनादेखि रिक्त रहेको संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयमा १५ साउनमा योगेश भट्टराई नियुक्त गरेर भिजिट नेपाल–२०२० लाई सफल रूपमा सञ्चालन गर्ने बाटो अख्तियार गरे । त्यसपछि ५ मंसिरमा ६ मन्त्रीलाई बिदाइ गरेर नया“ अनुहारहरू नियुक्त गरे । यद्यपि, ओलीको पुनर्गठन कार्यसम्पादन मूल्यांकनका आधारमा नभएको भन्दै व्यापक आलोचना पनि भयो । तर नया“ मन्त्रीहरू नियुक्त गरेको करिब दुई महिना पुग्नै लाग्दा एकाधबाहेकका मन्त्रीहरूको ‘पर्फर्मेन्स’ अति नै सुस्त देखिएको छ । यसले प्रधानमन्त्री ओलीको पुनर्गठन र नया“ मन्त्रीको रोजाइको औचित्य पुष्टि गर्न कठिनाइ देखिएको छ ।
नया“ मन्त्रीहरूमा घनश्याम भुसाल, योगेश भट्टराई रामेश्वर राय यादव, हृदयेश त्रिपाठी, लेखराज भट्ट, वसन्त नेम्बाङ र पार्वत गुरुङ नियुक्त भएका थिए । तीमध्ये भौतिक योजना तथा यातायात पूर्वाधार मन्त्री नेम्वाङले तत्कालीन मन्त्री रघुवीर महासेठको बिदाइको औचित्य पुष्टि गर्न सफल भएका छन् । उनले मन्त्री बनेको एक डेढ महिनाकै बीचमा काठमाडौभित्रको धेरै खाल्टाखुल्टी पुर्नुका साथै रफ्तारमा सडक पूर्वाधारस“ग जोडिएका योजना कार्यान्वयन गर्ने संकेत देखाएका छन् । सुरुदेखि नै नेम्वाङको कार्यशैलीले वाहवाही कमाउन थालेका छन् । जबकि, सिंगै मुलुकले अझ बढी युवाहरूले धेरै आशाका नजरले हेरिएका घनश्याम भुसालले भने अहिलेसम्म आफ्नो प्राथमिकता र आगामी कदम सार्वजनिक गरेका छैनन् । निकटस्थ र शुभेच्छुकहरूलाई उनले आफू अहिले अध्ययनकै क्रममा रहेको र कृषिक्षेत्रमा आमूल परिवर्तन गर्नेगरी ‘अपरेसन’मा उत्रिने बताउ“दै आएका छन् । उखु किसानको समस्या समाधान, मन्त्रालयबाट बा“डिएका कृषि अनुदान तत्काल रोक्ने जस्ता भुसालले यसबीचमा केही राम्रा काम नगरेका भने होइनन् तर आमजनताले छिटो परिणामको अपेक्षा गरेअनुसार भने उनले अहिलेसम्म ‘डेलिभरी’ दिन सकेका छैनन् ।
अर्का युवा नेता योगेश भट्टराईले पयर्टन मन्त्रीका रूपमा छोटो अवधिमै पनि सफल रूपमा भिजिट नेपाल–२०२० को उद्घाटन गराउन सफल भएका छन् । लामो समयसम्म मन्त्रीविहीन रहेको मन्त्रालय सम्हालेर पनि सफल ढंगले कार्यक्रम सम्पन्न गराएर उनले सरकारको उक्त अभियान अगाडि बढाइरहेका छन् । नेपाल वायु सेवा निगमको आमूल सुधारको कदम भने अपेक्षित गतिमा अघि बढाउन नसकेको टिप्पणी हुन थालेको छ । भिजिट नेपाल उद्घाटनपछि त्यसतर्फ ध्यान केन्द्रित गर्ने बताउ“दै आएका भट्टराईको अबको कामबाट देखिने परिणाम देखिने विश्वास गरिएको छ ।
उता तत्कालीन एमालेको मतबाट सांसद निर्वाचित स्वतन्त्र समूहका हृदयेश त्रिपाठीको साविक एमाले र अहिलेको नेकपामा खासै ठूलो योगदान नरहे पनि सन्तुलन मिलाउ“दा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी परेको छ । कर्मचारी समायोजन जस्तो सबैभन्दा जटिल काम अपेक्षित रूपमा समयभित्रै सम्पन्न गरेर अझ राम्रो पर्फर्मेन्स देखाउने बेला लालबाबु पण्डितलाई प्रधानमन्त्री ओलीले बिदाइ गरेका थिए । पण्डितले काम गर्दागर्दै बिदाई गरिएकोमा ओलीको आलोचना पनि भयो । तर, नया“ मन्त्री त्रिपाठीको दुई महिना भने कर्मचारी सरुवाबाट आम्दानीका लागि सेटिङ मिलाउनमै व्यतीत भएको छ । अहिले उनले मन्त्रालयमा रहेका पाँच सहसचिवको दरबन्दीमा कार्यरत चार सहसचिवलाई हटाएर आफूअनुकूल ल्याउने कसरतमा सक्रिय बनेका छन् । २ नम्बर प्रदेशबाट अन्यन्त्र जान चाहने कर्मचारीहरूबाट अहिल्यैदेखि पैसा कमाउनेगरी सेटिङ मिलाउने र नेकपालाई थप कमजोर बनाउनेतर्फ उनको ध्यान केन्द्रित भएको बताइन्छ ।
उता प्रधानमन्त्री ओलीको रोजाइमा परेर मन्त्री बनेका पार्वत गुरुङले पनि अहिलेसम्म सरकारको शिर उच्च हुने प्रशंसालायक एउटा काम पनि गर्न सकेका छैनन् । अहिलेसम्म कुनै परिणाम दिन नसकेर तत्कालीन मन्त्री थममाया थापाकै पथमा अघि बढेका गुरुङले एक जिल्ला नेताको दबाब परेको भन्दै पत्रकारिता अध्ययन गरेका भण्डारी थरका एक युवालाई सुरुमै महिला बालबालिका विज्ञका रूपमा नियुक्त गरेका थिए । नरुचाइएका पात्र नियुक्त गरेर भए पनि जिल्ला नेताहरूलाई सन्तुलनमा राख्न खोजेका गुरुङमाथि ओलीले बढि विश्वास गर्ने आधा दर्जन मन्त्रीकै श्रेणीमा राखेको बताइन्छ । मन्त्रालयको धेरै कार्यक्षेत्र नपर्ने भएकाले खासगरी मुलुकको हित बिरोधी गतिविधि गर्ने एनजिओ र आईएनजिओका अवैध धन्दा नियन्त्रण गर्न गुरुङले ध्यान केन्द्रित गर्ने ओलीको अपेक्षा रहेको बताइन्छ । तर, त्यसका निम्ति मन्त्रालयमा कर्मचारीहरूको राम्रो टिम हुनुपर्ने भए पनि त्यसअनुरूपको प्रभावकारी कार्ययोजनाअनुसार उनको सुरुवाती कदम अघि बढ्न नसकेको टिप्पणी हुन थालेको छ ।
वैदेशिक रोजगारमा हुने ठगी धन्दा, वैदेशिक रोजगार बिभाग अन्तर्गतका विभिन्न स्थानमा हुने अनियमितता चलखेलजस्ता कुरामा नया“ श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले अहिलेसम्म कुनै कदम चाल्न सकेका छैनन् । यद्यपि, युवा स्वरोजगारजस्ता कार्यक्रमलाई पनि प्रभावकारी रूपले सम्पन्न गर्नेगरी उनले कार्ययोजना बनाएको बताइन्छ । उता, उद्योग मन्त्री लेखराज भट्टको कार्यशैली पनि सुस्तै देखिएको बताइन्छ । यद्यपि, उनले चिनी उद्योगीहरूलाई किसानहरूको मूल्य तिराउन भने सुरुवाती चरणमा राम्रै भूमिका खेलेका छन् । ठूला उद्योग सञ्चालन र रोजगारी अभिवृद्धिमा भट्टले चाल्ने कदमबाटै उनको पनि मूल्याकन हुने बताइन्छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply