भावी आईजी थापा कि पाल ?
काठमाडौं । केही हप्ताअघि मात्र आईजी भएका ठाकुर ज्ञवालीको पदावधि यही आउँदो असारमै सकिने भएपछि अहिल्यैबाट नेपाल प्रहरीको आईजीका लागि दौडधुप सुरु भएको छ । सबैलाई पछि पार्दै असारमै आईजी हुने दौडमा रहेका डीआईजी विश्वराज पोखरेल अहिलेको एआईजी बढुवामा नपरेपछि उनको आईजी हुने सपनामा झन्डैझन्डै पूर्णविराम लागेको छ । असारमा खाली हुने दुई एआईजीमा उनीभन्दा अघिल्लो ब्याचका प्रद्युम्न कार्की र नीरज शाही वरिष्ठताका आधारमा बढुवा भएका पोखरेल डीआईजीबाटै घर जानेछन् ।
ज्ञवालीपछि दुई एआईजी शैलेश थापा र हरि पालमध्ये एकजना आईजी हुने निश्चित नै छ । अर्का एआईजी तारिणीप्रसाद लम्साल एआईजी ज्ञवालीसँगै २५ असारमा घर जानेछन् । स्रोतका अनुसार यी दुईमा पनि थापाको सम्भावना बढी छ । एक त वरिष्ठताका आधारमा थापा अगाडि रहेको, व्यावसायिक र भद्र स्वभाव आदिका कारण पनि थापा नै आईजी हुने बताइन्छ । त्यसमाथि गृहसचिव महेश्वर न्यौपाने र उनी एकै ठाउँका हुनुले पनि उनको सम्भावनालाई बलियो बनाइदिएको छ । व्यावसायिकताभन्दा पनि शक्ति केन्द्रमा बढी विश्वास गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् पाल । व्यापारिक घराना यती समूहसँग निकट रहेका पालका लागि अब आईजी हुने दौड सजिलो नभएको बताइन्छ । यती समूहका कारण चौतर्फी सरकारको आलोचना भइरहेको बेला त्यही समूहसँग निकट रहेका पालका लागि सहज नभएको बताइन्छ । यती समूहका सोनाम छिरिङकी बहिनी बन्दिनिमा शेर्पा करिब १० वर्षअघि ५ करोड ठगीमा परेकी थिइन् । त्योबेला पाल हनुमानढोकाका एसपी थिए । ठगी मुद्दामा पक्राउ पर्ने शेर्पालाई यिनै पालले जोगाइदिएका थिए । त्यही गुनका कारण उनी यती समूहसँग निकट सम्बन्ध बनाएका थिए । डीआईजी बढुवामा पनि उनले त्यही सम्बन्ध प्रयोग गरेका थिए । यती समूहका तत्कालीन अध्यक्ष आङछरिङ शेर्पाले उनलाई एक नम्बरमा बढुवा गराउन खोजे पनि चार नम्बरका उनलाई दोस्रो नम्बरमा ल्याइएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply