एसपीमाथि इन्स्पेक्टरको छानबिन
काठमाडौं । नेपाल प्रहरी संगठनभित्र आफूलाई अरुभन्दा ‘क्लिन’ दाबी गर्ने एसपी विश्व अधिकारीको ४० लाख रुपैयाँ झ्वाम पार्ने योजना चकनाचुर भएको छ । २०७६ जेठ १४ मा मोरंगको एसपी भएर गएका अधिकारी गत असार पहिलो हप्ता हेडक्वार्टर सरुवा भए । तर सरुवा भएर आउँदा उनले मोरंग प्रहरीलाई ४० लाख बेरुजु बोकाएर हिँडेका थिए ।
अधिकारी सरुवा भएपछि उनको स्थानमा एसपी सन्तोष खड्कालाई पठाएको थियो । नयाँ एसपी खड्काले उक्त बेरुजु बुझ्न मानेनन् । सवारी, इन्धन, मर्मत तथा मसलन्द खर्चका नाममा देखाएको उक्त बेरुजुबारे खड्काले प्रहरी प्रधान कार्यालयमा उजुरी दिए । तत्कालीन प्रहरी प्रमुख ठाकुर ज्ञवालीको निर्देशनमा आर्थिक प्रशासन महाशाखाले असार २० मा उक्त बेरुजु छानबिन गर्न इन्स्पेक्टर योगराज न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली बनायो । वास्तविकता छानबिनका लागि सो टोली असार २४ गते विराटनगर पुग्यो र सबै कागजपत्र लिएर हिँड्यो । छानबिन टोली त्यहाँबाट हिँडेपछि बीच बाटामै लेखापाल राधेश्याम दाहालको फोन आयो । उनले स्थानीय तहसँग पैसा लिनुपर्ने भएकाले उक्त बेरुजु देखिएको र अहिले आफूले सबै मिलाइसकेको जानकारी छानबिन टोलीलाई दिए ।
लेखापाल दाहाल अहिले सप्तरी सरुवा भइसकेका छन् । उक्त प्रकरणबारे प्रहरी प्रधान कार्यालयले अहिले कुनै थप प्रक्रिया अगाडि बढाएको छैन । तर, प्रहरी अधिकारीका अनुसार एसपी अधिकारी र लेखापाल दाहालले उक्त रकम झ्वाम पार्ने नियतका साथ योजना बनाएका थिए । तर, एसपी खड्काको कदमका कारण उक्त योजना तुहिएको बताइन्छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply