लुम्विनीमा दुई सय सीसी क्यामरा जडान
काठमाडौं । लुम्बिनीको सुरक्षालाई मध्यनजर गरी दुई सयवटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थलमा २५ वटा प्यान टिल्ड जुम (पीटीजेड) क्यामरा र १ सय ७५ वटा सिसीटिभि क्यामेरा जडान गरिएको हो ।
सीसीटिभी क्यमेरा जडान भएसँगै लुम्बिनीभित्रका पवित्र उद्यान, बिहार क्षेत्र, शान्तिदीप, बसपार्क, सूचना केन्द्र, संग्रहालय, प्रशासनिक भवन र लुम्बिनी ग्रामलगायत २ सय ७५ वटा एक्सेस प्वाइन्ट (मुख्य पहुँच स्थल) का दृश्य फाइबर र वायरलेस माध्यमबाट चौबिसै घन्टा क्यामेरामा कैद हुने कोषका कामु सदस्य सचिव ज्ञानिन राईले बताए । जडान भएका सबै सीसीटिभी क्यामेरामा कैद हुने दृश्य विकास कोषको कार्यालयमा राखिएको आईटी कन्ट्रोल रूममा राखिएका १२ वटा टिभी स्क्रिनबाट नियाल्न सकिनेछ । आर्थिक वर्ष २०७४÷७५ मा काम सुरु भएको करिब २५ करोड लागतको परियोजनाअन्तर्गत अप्टिकल फाइबर, सर्भिलेन्स सिस्टम, डाटा सेन्टर, वायरलेस नेटवर्क, सोलार ब्याकअप, डिजिटल साइनबोर्ड, कन्ट्रोल रुमलगायका काम सम्पन्न भएका हुन् ।
सीसीटिभी क्यामेरा सञ्चालन र व्यवस्थापनका लागि कोषका इन्जिनियर, कोषका सुरक्षाकर्मीहरू र नेपाल प्रहरीका गरी पाँचजना कर्मचारी व्यवस्थापन गरिएको राईले बताए । ‘सीसीटिभी क्यामेरा जडानपछि लुम्बिनी घुम्न आउने पर्यटकको सुरक्षा र समग्र लुम्बिनी गुरुयोजना क्षेत्रको शान्ति सुरक्षामा ठूलो सहयोग पुग्ने राईले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply