विवाद तत्काल समाधान गर्न माग
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवाद समाधान गर्न मकवानपुरका नेकपा नेताहरूले माग गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीभित्रकोे कसैको पनि हित नहुने र जनताका इच्छा आकांक्षा, सहानुभूति धाराशायी हुने हुँदा यस्ता कार्य तत्काल रोक्न उनीहरूले माग गरेका छन् । विवाद गरिरहने हो भने आम कार्यकर्ताको तहबाट नेतृत्वलाई सबैले आ–आफ्नो ठाँउबाट दबाब सिर्जना गर्नुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ । माथिल्लो नेतृत्वले नेतृत्व हस्तान्तरण गरेर समस्या समाधान हुन्छ भने यसतर्फ पनि सोचविचार गर्न पनि विज्ञप्तिमा नेताहरूले आग्रह गरेका छन् । अधिवक्ता तथा नेकपा जिल्ला नेता ध्रुव चौलागाईंले यसको अगुवाइ गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्नेहरूमा नेकपा मकवानपुर जिल्ला कमिटी सदस्यहरू, विभिन्न गाउँपालिका अध्यक्षलगायत रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्यहरू ध्रुवप्रसाद चौलागाई, गौतम बुद्ध लामा, खेमराज मगर, लोकनाथ गौतम, सरोज खनाल, शंकर राई, श्यामसुन्दर परियार, कल्याण विक्रम घलान, कृष्णप्रसाद चौलागाई, बीजी गौतम प्रवासी, विनोद रिजाल, उपेन्द्र अधिकारी, आत्माराम मुक्तानले समस्या समाधानको माग गरेका छन् ।
त्यसैगरी नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिना, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष ऋषिराम पुडासैनी, बाग्मती गाउँपालिका सचिव उत्तम पौडेल, मनहरी गाउँपालिका सचिव हेमलाल उप्रेती, वाग्मती प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य विनोद महर्जन, मकवानपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जगत कुमार थिङसमेत रहेका छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply