क्षेत्रीको पहलमा अस्पताललाई स्वास्थ्य सामग्री
अर्घाखाँची । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् साउदी अरबको परोपकारी परियोजनाअन्तर्गत सातै प्रदेशमा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअनुसार प्रदेश ५ का लागि अर्घाखाँची जिल्ला अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय समन्वय परिषद् साउदीका कार्यसमिति सदस्य रामबहादुर क्षेत्रीको समन्वयमा सन्धिखर्कका स्थानिय स्वयंसेवी युबा हरि पाण्डे र मदनकुमार क्षेत्रीले एक संक्षिंप्त कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्रीहरू अर्घाखाँंची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा अस्पतालका अन्य कर्मचारी र स्थानीयवासीको उपस्थिति थियो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै जिल्ला अस्पतालका प्रमुख डा. गौतमले गैरआवासीय नेपाली संघ साउदीको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुका साथै यस्ता कार्यले महामारीसँग लड्न फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीलाई थप हौसला र सहयोग हुने बताए ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply