नयाँ वर्षमा टेलिकमको नयाँ अफर
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरू २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछन् । यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराएको जनाइएको छ ।
नयाँ वर्षका अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २९९ रुपैयाँमा उपलब्ध गराइएको छ । स्प्रिङ अफरअन्तर्गत नै ग्राहकहरूको सुविधालाई ध्यानमा राखी जम्मा १२५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानीसमेत गर्न सकिन्छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४ सै घण्टा कुनै पनि समयमा उपयोग गर्न सकिन्छ ।
नयाँ वर्षको अवसरमा कम्पनीका जीएसएम मोबाइल ग्राहकहरूका लागि जम्मा २८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसैगरी डाटा प्याकअन्तर्गत नै जम्मा ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक सात दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।
सीडीएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरू कम्पनीकै अन्य सेवामा रूपान्तरण हुने क्रम जारी रहेकाले ती सेवाका ग्राहकहरूका लागि विन्टर अफरका रूपमा उपलब्ध विभिन्न अफर र सुविधाहरूमध्ये सीमित अफरहरूलाई मात्र निरन्तरता दिइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply