स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने १० दिनभित्र ४४ लाख डोज खोप आउँछ
२० भदौं, काठमाडौं । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिँदै थप ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र हप्तादेखि १० दिनभित्र आइपुग्ने बताए । आउँदो दशैंसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने योजना रहेको पनि श्रेष्ठले बताए ।
सरकारले लक्ष्य पुरा गर्न अबको झण्डै डेढ महिनाभित्र थप १८ प्रतिशत व्यक्तिलाई खोप दिनु पर्ने हुन्छ । जुन त्यति सजिलो छैन ।
त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
नेपालमा कोरोनाविरुद्धको खोप लगाउन शुरु भएको ८ महिनाको अवधिमा एक करोड ९२ हजार नेपालीले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालको जनसंख्याको १५ प्रतिशत व्यक्तिले दुवै डोज खोप पुरा गरेका छन् ।
५४ लाख २४ हजार व्यक्तिले पहिलो मात्रा लगाएका छन् । कोभिशिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाउन अझै २१ लाख २१ हजार व्यक्ति बाँकी छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्छन्, ‘खोप आउने क्रममा जारी छ, यही कार्ययोजना अनुसार खोप आए सरकारको योजना पुरा हुन्छ ।’
मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु हाल खोप स्टकमा नभएको तर पाइप लाइनमा रहेका खोपको आधारमा सरकारले योजना बनाएको बताउँछन् । सहप्रवक्ता डा. अधिकारी खोप केही मात्रामा स्टक रहेको र आउने क्रम बढे लगाउनेको संख्या समेत बढाउने बताउनु हुन्छ ।
मन्त्रालयका अनुसार असोज र कार्तिक महिनामा भेरोसेल ४२ लाख डोज र ३ लाख ४८ हजार एस्ट्राजेनेका खोप पाइप लाइनमा छन् । फाइजरको खोप कार्तिक र पुष महिनामा गरेर ६० लाख आउने, फागुनमा मोर्डनाको ४० लाख डोज खोप पाइपलाइनमा छन् । यि सबै गरेर १ करोड ४५ लाख डोज खोप चैत्र महिनाभित्र खरिदमार्फत आउँदैछ ।
बाँकी कोभ्याक्स कार्यक्रमबाट आउने जनाइएको छ । सरकारले जनसंख्याको ७१ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७ सय २३ जनालाई खोप लगाउने जनाएको छ । हाल खोपको अभाव नदेखिएकाले लक्ष्यअनुसार समयमै खोप लगाउनेको संख्यामा बढाउन सके सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सक्ने आधार बन्ने थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply