‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं — डाबर नेपाल ले उत्पादन गरेको ‘डाबर मह’ न्यून गुणस्तरको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनाको परीक्षणपछि उक्त महले तोकिएको मापदण्ड पूरा नगरेको जनाएको हो।
विभागद्वारा जारी सूचनाअनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल उद्योगबाट उत्पादन गरिएको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गुणस्तरहीन देखिएको हो। प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महमा आवश्यक गुणस्तर र स्वच्छताको मापदण्ड पूरा नभएको पुष्टि भएको विभागले जनाएको छ।
विभागका वरिष्ठ अनुसन्धान अधिकृतद्वारा जारी सूचनामा ऐनको दफा ३८ (२) अनुसार उक्त उत्पादनको बिक्री वितरण तत्काल रोक्न तथा बजारबाट फिर्ता लिन कम्पनीलाई निर्देशन दिइएको उल्लेख छ। साथै उपभोक्तालाई पनि सो उत्पादन खरिद तथा प्रयोग गर्दा सतर्क रहन आग्रह गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय बजारमा बिक्री भइरहेका खाद्य पदार्थको नियमित अनुगमनलाई तीव्र बनाएको जनाएको छ। विभागका अनुसार गुणस्तरहीन तथा अखाद्य वस्तु उत्पादन गर्ने उद्योगमाथि आवश्यक कानुनी कारबाहीसमेत अघि बढाइनेछ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य वस्तुमा लापरबाही देखिएपछि बजार अनुगमनलाई अझ कडाइ गरिने विभागको भनाइ छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
Leave a Reply