वागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने
२३ भदौं, बागमती । वागमती प्रदेशमा आज (बुधबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिएका छन् । नेकपा एमाले वागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ राज्यमन्त्री बन्ने पक्का भएको छ । मन्त्री बन्ने अरु १० जनाको नाम सार्वजनिक भइसकेको छैन ।
पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा छन् । गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ । वागमतीमा ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको हो । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply