रेल्वे सम्झौतापछि पहिलो पटक आयो निजी कार्गो रेल
३० भदौ, काठमाडौं । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ।
बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ, उनले भने ‘खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर छ।’
२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन। सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक गजुरेल बताउँछन्।
योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ।
सम्झौतामा नेपाल आउने वस्तु जुनसुकै कार्गो रेलबाट आपूर्ति हुने छ। हाल भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाइन्थ्यो।
नेपालको रेल पनि सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् र नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्ने छन्।
त्यस्तै कलकत्ताबाट विराटनगरसम्म सिधै रेलमा सामान आउन सक्नेछ भने अन्य प्रशासनिक विषयवस्तु पनि सहजीकरण गरिने भएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply