एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक,तीन हजार प्रतिनिधि सहभागी हुँदै
३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।
एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो।
एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुंगो लगाएको छ। ललितपुरको च्यासलमा शनिबार भएको स्थायी कमिटीको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो।
विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा केन्द्रीय कमिटी पदाधिकारीदेखि एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख पनि रहेका छन्।
कसले भाग लिन पाउँछन्?
१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२. अनुशासन आयोगका पदाधिकारी र सदस्य
३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य
५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य
६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९. विशेष कमिटीका पदाधिकारी र सदस्य
१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य
११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य
१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत समेत
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply